मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

दादुरा रुबेला संक्रमण देखिए पछि बर्दियाको बढैयतालमा आईतबार देखि खोप लगाईने

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
प्रमुख गिरीले विश्व स्वास्थ्य संगठनका चिकित्सक तृप्ति पाल रमन लगायतका स्वास्थ्यकर्मीको टोलीले दादुर रुबेला नियन्त्रणका लागि स्वास्थ्यकर्मी
२१ माघ २०७९, शनिबार

बर्दिया । बाँकेमा फैलिएको दादुर संक्रमण नियन्त्रणमा आउन नपाउदै बर्दियामा दादुरा रुवेला संक्रमण देखिए पछि खोप सुरु गर्न लागिएको हो ।

केही दिनदेखि दादुराका लक्षण देखिएका बालबालिका र युवाहरूको परीक्षण गर्दा बर्दियामा मात्रै ७ जनामा संक्रमण पुष्टि भएको हो । जसमा बारबर्दिया नगरपालिकामा १, राजापुर नगरपालिकामा १, गुलरिया नगरपालिकामा १ र बढैयाताल गाँउपालिकामा ४ जनामा दादुरा देखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमख गोकर्ण गिरीले जानकारी दिनु भयो ।

नेपालगंजबाट बर्दिया आएका बालकहरुमा दादुरा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गिरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा होम आईसोलेसनमा राखे संक्रमितहरुको उपचार भई रहेको छ भने आईतबारबाट बढैयतालको १ र २ वडामा खोप संचालन गरिने छ । ’

एकलाई संक्रमण भए थुक, खकार, सिंगान आदिको सम्पर्कमा आउने रोगप्रतिरोधी क्षमता कम भएका बच्चालाई यो सर्न सक्छ । अहिले बर्दियामा भयावह अवस्था नआइसकेको भए पनि उच्च सावधानी अपनाइएको बताउदै प्रमुख गिरीले विश्व स्वास्थ्य संगठनका चिकित्सक तृप्ति पाल रमन लगायतका स्वास्थ्यकर्मीको टोलीले दादुर रुबेला नियन्त्रणका लागि स्वास्थ्यकर्मी र जनप्रतिनिहरुलाई अनुशिक्षण गरेको बताउनु भयो । जनस्वास्थ्य कार्यालय बर्दिया र विश्व स्वास्थ्य संगठनको संयुक्त प्रयासमा दादुर रुबेला नियन्त्रण गर्ने प्रयास भई रहेको प्रमुख गिरीले जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार