मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

नेपालगञ्ज १९ मा मत माग्दै योगी जनताको घरदैलोमा

महमूद आलम खान 1133+ समाचार ( )
योगी प्रति देखियो मतदाताको ठुलै आकर्षण
१७ वैशाख २०७९, शनिबार

बाँके । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ । माओवादीका उम्मेदवारहरु यतिबेला मतदाताका घरदैलोमा पुगेर आफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ मा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका शम्भु नाथ योगी तिर मतदाता आकर्षित देखिएका छन ।  उम्मेदवारसहित पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थितिमा योगी घरदैलो कार्यक्रमलाई अघि बढाएका हुन् ।

प्रत्येक टोलमा प्रचारप्रसारका गतिविधिलाई प्रभावकारी बनाउन, मतदाता शिक्षालाई जनताको घरदैलोमा पुर्याउने उद्देश्यका साथ आज नेपालगञ्ज १९ मा विभिन्न भेगलाई समेट्ने गरी छुट्टाछुट्टै निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँके सदस्य एवं नेपालगन्ज १९ कि इन्चार्ज मिना मल्ल पुनले जानकारी दिनुभयो । 

माओवादी नेतृ मिना मल्ल पुनले प्रचण्ड पथमा रहेर अगाडि बढ्न आग्रह गर्दै योगी नेतृत्वको टिमलाई बिजय गराउन आग्रह गर्नु भयो । उहाँले जनप्रतिनिधिहरु जनताका सेवक भएको उल्लेख गर्दै पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्दै मतदाता माझ पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपालगञ्ज १९ को समग्र विकास, शिक्षा, स्वास्थ्य रोजगार पूर्वाधार र सुशासनका साथै नमुना वडा सहितको नगरपालिकाको लागि युवा समाजसेवी शम्भु नाथ योगीलाई वडा अध्यक्षको रूपमा माओवादीले अगाडि सारेको छ ।

आफ्नो उम्मेदवारीको औचित्य प्रस्ट्याउँदै योगीले भने, नेपालगंज १९ को विकासका लागि आफूले दिनरात नभनीकन नमुना वडाको रूपमा विकास गर्ने र वडाको स्थिर उन्नतिको निम्ति जुनसुकै मूल्य चुकाउन आफू तयार भएको बताउनु भएको थियो । 

घरदैलो अभियानमा माओवादी नेपालगञ्ज नगर कमिटीका सदस्य सालिक राम परियार, व्यापार संगठनका बाँके जिल्ला अध्यक्ष तेज रेग्मी, जनक कार्की सहित उम्मेदवार वडा सदस्य र समर्थकहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार