मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

प्रेस सेन्टर बाँकेको प्रशिक्षण कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
प्रेस सेन्टर नेपाल बाँके शाखाको प्रशिक्षण तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
७ चैत्र २०७९, मङ्गलबार

कोहलपुर । प्रेस सेन्टर नेपाल बाँके शाखाको प्रशिक्षण तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । एक महिने संगठन सुदृढिकरण अभियान अन्तर्गत बुधबार कोहलपुरस्थित कोहलपुर पार्कमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 

गत माघमा प्रेस सेन्टर बाँकेको नयाँ नेतृत्व चयन भएलगत्तै १ महिने संगठन सुदृढिकरण तथा बिस्तार अभियान संचालन गरीएको थियो । अभियान अन्तर्गत बाँकेका ६ वटा पालिकामा बैठक, भेला तथा प्रशिक्षणसँगै पुनर्गठनको अभियान संचालन गरीएको प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यले जानकारी दिए । बुधबार जिल्लास्तरीय प्रशिक्षण तथा बनभोज कार्यक्रम आयोजना गरेर पहिलो चरणको अभियान सम्पन्न गरीएको हो । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना) ले प्रेस सेन्टरलाई जिल्लाकै अग्रणी संस्थाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएकी थिईन । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी मन्त्री नमुनाले संचारकर्मीहरुको क्षमता विकास तथा ब्यवसायीक दक्षता अभिबृद्धिका लागि प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाईन । 

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले जनयुद्धको रापबाट उदाएको शक्तिका रुपमा प्रेस सेन्टर नेपालले बाँके जिल्लामा खेलेको भुमिका उल्लेखनिय भएको उल्लेख गर्दै आगामी दिनमा थप शसक्त ढंगले अगाडी बढ्ने विश्वास ब्यक्त गरे । जनपक्षिय पत्रकारीताको माध्यमबाट आम नागरीकलाई थप सुसुचित गर्दै समाजमा हुने हरेक किसीमका बिसंगतीका बिरुद्धमा कलम चलाउन समेत उनले आग्रह गरे । 

संगठनलाई पालिका स्तरसम्म बिस्तार गर्ने अभियान अन्तर्गत बाँकेका ६ वटा पालिकामा कमिटि बिस्तार हुनु आफैमा खुसीको कुरा भएको भन्दै बाँकी पालिकामा समेत संगठन स्थापित गर्न सबै लाग्नुपर्ने प्रेस सेन्टर नेपाल केन्द्रिय निति तथा परामर्श समितिका सदस्य शुसिल लामिछानेले बताए । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स), प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिव गजेन्द्र गुरुङ लगाएतले प्रशिक्षणमुलक मन्तब्य राखेका थिए ।

प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका ७ दर्जन बढि संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार