मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
२० असार २०८२, शुक्रबार

काठमाडौ । बैदेशिक रोजगारमा जाने कामदारलाई भाषा र सीपमा दक्ष बनाउने उद्देश्यसहित काठमाडौंको सिनामंगलमा ‘एम.एस.भी ग्लोबल ट्रेनिङ सेन्टर’ सञ्चालनमा आएको छ । 

एम.एस.भी ग्लोबल ट्रेनिङ सेन्टरको उदघाटन गर्दै बैदेशिक रोजगार संघका अध्यक्ष भुवन सिह गुरुङले ‘दक्षताबिना विदेशमा गएर काम गर्दा धेरैले कठिनाइ भोग्नुपरेको छ, साथै न्यून तलबमा सीमित हुनुपरेको छ,’ उहाँले भन्नुभयो, ‘बिदेश पठाउनु अघि नै कामदारलाई आवश्यक सीप सिकाएर दक्ष बनाउने उद्देश्यले ट्रेनिङ सेन्टर संचालनमा आएको भन्दै उहाँले अब दक्ष कामदार बिदेश जान पाउने उल्लेख गर्नु भयो ।

बिदेश जान इच्छुक युवाहरूलाई केयर गिभर, रेस्टुरेन्ट सेवा, स्काफ फोल्डिङलगायतका विभिन्न सीप प्रदान गर्ने सेन्टरका अध्यक्ष प्रकाश पुरीले बताउनु भयो । सेन्टरका संचालक उदय खत्रीले भाषा मात्र नभई सीप पनि अत्यावश्यक भएकाले ट्रेनिङ सेन्टर स्थापना गरेको जानकारी दिनु भयो । 

उदघाटन कार्यक्रममा बोल्दै लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरका निर्देशक भोदुराम थारुले श्रम बजारमा आवश्यक पर्ने सीपयुक्त दक्ष प्राविधिक जनशक्तिको उत्पादन, व्यवस्थापन, सीपको स्तर निर्धारण र प्रमाणीकरण गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम आवश्यक रहेको बताउदै उहाँले एमएसभी संग सहकार्य गरेर लियाना ट्रेनिङ सेन्टरले सिप प्रदान गरेर स्वादेशमा नै रोजगारी सृजना गर्ने उल्लेख गर्नु भयो । 

उदघाटन कार्यक्रममा बोल्दै लियाना म्यानेजमेन्ट सर्भिस प्रा.लि. का अध्यक्ष दिपा खत्रीले प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारीमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्न तर्फ एम.एस.भी ग्लोबल ट्रेनिङ सेन्टरलाई ध्यान दिन आग्रह गर्नु भएको थियो ।

उदघाटन कार्यक्रम नेपाली काग्रेशका महाधिबेशन प्रतिनिधि जिवन मल्ल, लियानाका महाप्रबन्धक अमृता भट्टराई, भान्से लक्ष्मण भण्डारी, दियालोका विपिन केसी, सेफ मानबहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार