मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

त्रिपाठीले गठन गरे ‘जनता प्रगतिशील पार्टी’

महमूद आलम खान 1133+ समाचार ( )
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट अलग भएर स्वतन्त्र राजनीतिक समुह गठन गरेका त्रिपाठी नेकपा (एमाले)सँग गठनबन्धन गरेर सूर्य चुनाव चिन्हबाट गत निर्वाचनमा सांसद निर्वाचित भएका थिए ।
२८ मंगशिर २०७८, मङ्गलबार

काठमाडौं । पुर्वमन्त्री एवं सांसद हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन् । काठमाडौंको नयाँ बानेश्वरमा एक कार्यक्रमबीच त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका हुन् ।

त्रिपाठाीले घोषणा गरेको पार्टीको नाम ‘जनता प्रगतिशील पार्टी’ रहेको छ । पार्टीको संयोजकमा त्रिपाठी आफै रहेका छन् ।

‘विभिन्न पार्टीका नेताहरुसँग छलफल भइरहेको छ । धेरै साथीहरुले नयाँ पार्टीमा आउँनका लागि इच्छा राख्नुभएको छ । सबैसँग कुराकानी गरेर अन्य पदाधिकारी टुंगो लगाउँने गृहकार्यमा छु’ त्रिपाठीले भने ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट अलग भएर स्वतन्त्र राजनीतिक समुह गठन गरेका त्रिपाठी नेकपा (एमाले)सँग गठनबन्धन गरेर सूर्य चुनाव चिन्हबाट गत निर्वाचनमा सांसद निर्वाचित भएका थिए ।

गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन् ।

तत्कालिन तराई–मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता रहेका त्रिपाठी सदभावना पार्टीबाट राजनीतिमा सक्रिय थिए । राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, महेन्द्र यादव नेतृत्वको छुटाछुटै दलहरुका बीचमा पार्टी एकीकरण भएर राजपा घोषणा भएपछि त्रिपाठीको मर्यादाक्रम मिलेको थिएन् ।

त्रिपाठीभन्दा जुनियर नेताको मर्यादाक्रम माथि र उनको तलभएकोमा उनले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । मर्यादाक्रमका साथै अन्य धेरै बिषयमा असन्तुष्ट त्रिपाठी स्वतन्त्र राजनीतिक समूह गठन गर्न बाध्य भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार