मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

५ करोड रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१२ पौष २०८२, शनिबार

 बाँके । बाँकेमा झण्डै ५ करोड रुपैयाँ बराबरको हुन्डी कारोबारमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।

नेपाल राष्ट्र बैङ्क वित्तीय जानकारी इकाई बालुवाटारबाट प्राप्त विवरण अनुसार बैङ्क तथा वित्तीय संस्थामार्फत ठूलो मात्रामा शङ्कास्पद कारोबार भएको सूचनापछि बाँके प्रहरीबाट अनुसन्धान अघि बढाइएको बाँके प्रहरीले जनाएको छ । 

अनुसन्धानका क्रममा बाँकेको डुडुवा गाउँपालिका–६ निवासी ४० वर्षीय ईरफान अहमद शेखको खाताबाट ४ करोड ९२ लाख ८४ हजार २९६ रुपैयाँ बराबरको शङ्कास्पद कारोबार भएको खुलेको हो । नगद रकम खातामा जम्मा हुने बित्तिकै विद्युतीय माध्यममार्फत विभिन्न व्यक्ति तथा संस्थाहरूमा रकमान्तर हुने गरेको, सो कारोबारमा निज स्वयं ‘कन्डक्टर’ को रूपमा संलग्न रहेको तथा केवाइसी विवरणमा उल्लेखित अनुमानित वार्षिक आम्दानी र वास्तविक कारोबारबीच मेल नखाएको पाइएको प्रहरीले जनाएको छ ।

उक्त आधारमा गत साउन ७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्राचार प्राप्त भई शेखविरुद्ध हुन्डी सम्बन्धि मुद्दा दर्ता गरिएको थियो । बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ । पक्राउ परेका प्रतिवादीमाथि हुन्डी सम्बन्धि मुद्दामा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार