मुख्य समाचार
बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन | एमालेसँग चुनावी तालमेलको सहमति भइसकेको प्रचण्डको दाबी | नेपाललाई २ खर्ब ४० अर्ब भारू दिने माेदीको घोषणा | नेपाल-भारतबीच ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी | बालेन-मोदीले गरे ६ परियोजनाको शिलान्यास, उद्घाटन र हस्तान्तरण | युवा अभियन्ताहरूको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न | प्रधानमन्त्रीको भारत भ्रमण: हवाई मार्ग खुल्ने आशमा लुम्बिनी | नयाँ दिल्ली पुगे प्रधानमन्त्री, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत | विस्तृत शान्ति सम्झौताका २० वर्ष : उपलब्धि र चुनाैती | ग्रामीण विकासलाई प्राथमिकता दिँदै नरैनापुर, बस्तीमै पुग्न थाल्यो स्वास्थ्य सेवा |

बालेन-मोदीले गरे ६ परियोजनाको शिलान्यास, उद्घाटन र हस्तान्तरण

यूथ टुडे समाचारदाता 3684+ समाचार ( )
८ मंगशिर २०८३, सोमबार

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण क्रममा कुल ६ परियोजना शिलान्यास तथा हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री बालेन र भारतीय समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी आयोजना शिलान्यास तथा हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री शाह र समकक्षी मोदीले ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरे ।

यो आयोजना नेपाल र भारतको संयुक्त लगानीमा बन्ने छ । संखुवासभा चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ । आयोजना निर्माणका लागि लगानी बोर्ड र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच १८ जेठ २०८० मा परियोजना विकास सम्झौता भएको थियो ।

आजै बनवासा सुक्खा बन्दरगाह समेत शिलान्यास गरिएको छ । उता, सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र झापामा टर्मिनलको समेत आजै शिलान्यास गरिएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन हस्तान्तरण समेत दुई प्रधानमन्त्रीले गरेका छन् । दुई प्रधानमन्त्रीले धार्चुला–दार्चुला पक्की पुलको समेत आजै उद्घाटन गरिएको छ ।

त्यसैगरी भारतको अयोध्या र नेपालका जनकपुर जोड्ने सरयु–कमला एक्स्प्रेस रेल सेवा उद्घाटन गरिएको छ । यो रामायण सर्किट परियोजना अन्तर्गत कार्यान्वयन गरिएको हो । अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेलका उच्च पदाधिकारीहरूले जनकपुर जाने रेलको बिदाइ गरे । यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन् ।

भारतीय रेलवे विभागले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न यसअघि नै स्वीकृति दिइसकेको थियो । करिब ६ सय ४ किलोमिटर दुरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमन अझ सहज बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ ।

भारतीय रेलवे विभागका अनुसार यो रेल सातामा एक पटक दुईतर्फी रूपमा चल्ने छ । रेलवे बोर्डको तालिका अनुसार प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्ने छ । त्यस्तै प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट (रेल नं. १५५९६) छुटेर जनकपुरधाम आउने छ ।

६ सय ४ किलोमिटर लामो यस रुटमा रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसनहरूमा रोकिने छ । दुई दिने भ्रमणका लागि आइतबार दिउँसो नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेन आजै काठमाडौं फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार