मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

कोहलपुरमा पक्राउ परेका राप्रपाका युवा नेता बर्मासहित ६ जना नेपालगन्जबाट रिहा

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
२५ चैत्र २०८१, मङ्गलबार

बाँके । बाँकेको कोहलपुरबाट प्रहरीले आधा दर्जन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता-कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका उनीहरुलाई करिब ४ घण्टा नियन्त्रणमा लिएर प्रहरीले नेपालगन्ज लिएर रिहा गरेको हो।

गत चैत १५ गते काठमाडौंको तीनकुनेको प्रदर्शनपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री तथा सांसद डा.धवल शम्शेर राणा लगायतको रिहाईको माग राख्दै आज कोहलपुरमा गरिएको चक्काजामका क्रममा प्रहरीले राप्रपा लगायत प्रजातान्त्रिक युवा संगठनका नेता-कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो।

चक्काजाम गरेकै स्थल कोहलपुरबाट बिहान साढे ९ बजे पक्राउ परेका राप्रपा बाँकेका सचिव रुद्रमणि न्यौपाने, कोषाध्यक्ष भरतध्वज शाही, राप्रपा बाँकेका युवा नेता तथा प्रजातान्त्रिक युवा संगठन लुम्बिनी प्रदेश सचिव ध्रुव बर्मा, प्रजातान्त्रिक युवा संगठन बाँके अध्यक्ष युवराज शाहीसहित ६ जनालाई पक्राउ गरेर नेपालगन्ज लिएर आज दिउँसो साढे १ बजे रिहा गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रजातान्त्रिक युवा संगठन लुम्बिनी प्रदेश सचिव बर्माका अनुसार चक्काजामको कार्यक्रम सकिएपछि प्रहरीले सबैलाई रिहा गरेको हो।

राजावादी समूहले गरेको प्रदर्शनपछि पक्राउ परेका उपाध्यक्ष मिश्र र महामन्त्री राणा लगायतलाई रिहा नगरिए चरणबद्द आन्दोलन गर्ने राप्रपा बाँकेले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार