मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

संचारिका समूह बाँकेको अध्यक्षमा परियार

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

बाँके । संचारिका समूह बाँकेको आइतबार नेपालगन्जमा सम्पन्न छैंठौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । महिला सशक्तिकरण र सामाजिक सुधारका लागि क्रियाशील यस समूहको आगामी कार्यकाललाई नयाँ जोश र ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ ।

अधिवेशनमा समाजसेवी र महिला अधिकारकर्मीहरूका बीच अन्तरक्रिया कार्यक्रम समेत गरीएको थियो । संचारिका समूहको गतिशील भूमिका र महिलाहरूका हक अधिकारका लागि गरेको योगदानको प्रसंसा गर्दै आगामी योजनाबारे चर्चा गरीएको छ । यस अवसरमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले महिला सशक्तिकरणका लागि संस्थागत प्रयास र एकता महत्वपूर्ण रहेको बताएका छन् ।

संचारिका समूह बाँकेको छैंठौं अधिवेशनले यसपटक संगठनको नयाँ कार्यसमिति चयन गरेको छ । जसमा पवित्रा परियार, अध्यक्ष, सरला सुवेदी उपाध्यक्ष, आशा परियारलाई महासचिव, अनिता बिश्वकर्मा सचिव र धना केसी कोषाध्यक्षको रूपमा निर्वाचित भएका छन् । समूहका नयाँ कार्यसमिति सदस्यहरूमा रूपमा कल्पना शाही (प्रिया), शिवानी बिक, जनता रैका, बिष्णु डाँगी, सायदा बानो, सन्ध्या गैरे, निशा शाह, स्मृति देवकोटा र प्रमिला बिक, चयन भएका छन् ।

संचारिका समूह बाँकेले महिला सशक्तिकरणका विभिन्न पहलहरूलाई अझ प्रभावकारी र दिगो बनाउने योजनामा काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आगामी कार्यकालमा समूहले महिलाहरूसँग सम्बन्धित सामाजिक, शैक्षिक, आर्थिक र सांस्कृतिक क्षेत्रका थप चुनौतीहरूको समाधान गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

नयाँ कार्यसमितिलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना दिँदै संचारिका समूह बाँकेले भविष्यमा थप गतिशील, प्रभावकारी र परिवर्तनकारी कार्यहरूको लागि आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । यो नयाँ कार्यसमिति महिला र समाजको विकास र प्रगतिको लागि बलियो आधार बन्ने बिश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार