मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |


ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि?

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१ वैशाख २०८३, मङ्गलबार

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिलाई लिएर विश्वव्यापी असन्तुष्टि बढीरहेको छ। इरान संकटले डोनाल्ड ट्रम्पका मागहरूप्रति विश्व झन्-झन् प्रतिरोधी बन्दै गएको अवस्था देखिन थालेको छ।

डोनाल्ड ट्रम्पको शासनशैलीलाई निर्देशित गर्ने संसारका कठोर नियम-शक्ति, बल र प्रभावलाई अहिले देशभित्र र बाहिर दुवैतर्फ चुनौती दिइँदै छ। ट्रम्प र उनका सहयोगीहरूले आफ्नो प्रभुत्वमा विश्वास र आर्थिक, भू-राजनीतिक तथा आन्तरिक सफलता हासिल गर्न अमेरिकी शक्तिको आक्रामक प्रयोग गर्न उनी तयार रहेको कुरा लुकाएका छैनन्। तर उनका नीतिहरूले टकराव र विवाद तीब्र रुपमा बढाउँदै लगेको छ।

अहिले अन्तर्राष्ट्रिय अवस्था झन् अव्यवस्थित बन्दै जानु र देशभित्र अशान्ति बढ्दै जानुले ट्रम्पको दबाब र टकरावमा आधारित रणनीतिको सीमा रहेको संकेत दिइरहेको छ र यसले उनलाई राजनीतिक रूपमा कठिन परिस्थितिमा पुर्‍याइरहेको देखिन्छ।

इरानसँगको युद्ध ट्रम्पको दृष्टिकोणको अन्तिम परीक्षण सावित भइरहेको छ। उनका स्वाभाविक प्रवृत्तिले अघिल्ला राष्ट्रपतिहरूले टारेको इरानको सैन्य, आणविक र क्षेत्रीय महत्वाकांक्षामाथि आक्रमण गर्ने निर्णयलाई व्याख्या गर्न सक्छ। तर तेहरानले ट्रम्पका माग अस्वीकार गर्न थालेपछि अमेरिकाको शक्ति र ट्रम्पको व्यक्तिगत प्रभावको सीमाको सिमितता उजागर हुन थालेको छ।

यसले राष्ट्रपतिलाई कठिन विकल्पहरूमा धकेलेको छ। उनी संघर्षलाई अझ बढाएर इरानलाई दबाबमा पार्न सक्छन्, तर यसले अमेरिकी क्षति बढाउन र आर्थिक झट्का निम्त्याउन सक्छ। वा उनी जितको दाबी गर्दै पछि हट्न सक्छन् तर इरानले ‘स्ट्रेट अफ हर्मुज’ मा नियन्त्रण कायम राख्नु र समृद्ध युरेनियम भण्डारण जोगाइराख्नुले त्यस्तो दाबी कमजोर बनाउने छ।

यस अवस्थाबाट बाहिर निस्कन ट्रम्पले अमेरिकी सैन्य शक्ति र आफ्नो अडानलाई जोड्ने बाटो रोजेका छन्। स्ट्रेटमा गरिएको नयाँ नाकाबन्दी इरानको अर्थतन्त्र थला पार्ने प्रयास हो, यद्यपि, यसले विश्व ऊर्जा बजारमा गम्भीर असर पार्न सक्छ। जसले ट्रम्प प्रतिको निरासालाइ विश्वव्यापि बनाउने छ।

इरान संकट राष्ट्रपति ट्रम्पका लागि सबैभन्दा महत्त्वपूर्ण चुनौती हो। तर उनको अस्थिर युद्ध नेतृत्व अन्य घटनाहरूमा पनि देखिएको छ। उनले नाटोका सहयोगीहरूलाई आफूले नचाहेको युद्धमा तान्न सकेनन्। गठबन्धन छोड्ने धम्कीले पनि देशहरूलाई आफ्नो राष्ट्रिय हित छाड्न बाध्य पार्न सकेन।

ट्रम्पको कठोर शैली कहिलेकाहीँ सफल पनि भएको छ, जस्तै व्यापार साझेदारहरूमाथि ट्यारिफ प्रयोग गरेर सम्झौता गराउँदा। तर चाइनाले महत्वपूर्ण दुर्लभ खनिज निर्यात रोक्ने चेतावनी दिँदै जवाफ फर्कायो, जसले विश्व बजारमा हलचल ल्यायो र ट्रम्पलाई पछि हट्न बाध्य बनायो।

इरानले पनि अमेरिका विश्व अर्थतन्त्रका झट्काप्रति संवेदनशील रहेको बुझ्दै स्ट्रेट अफ होर्मुज बन्द गरेर त्यसलाई दबाबमा राख्ने प्रयास गरिरहेको देखिन्छ।

ट्रम्पको शक्ति कमजोर हुँदै गएको संकेत इरानसम्म सीमित छैन। उनले हंगेरीका राष्ट्रपति ‘भिक्टर अर्बान’लाई समर्थन गरे पनि मतदाताहरूले उनलाई अस्वीकार गरे। यसले युरोपमा ट्रम्पको प्रभाव विस्तार गर्ने प्रयासमा धक्का पुगेको छ।

देशभित्र पनि उनका केही नीतिहरूले विरोध जन्माएका छन्। कडा आप्रवासन नीतिपछि जनदबाबका कारण उनले आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो। साथै आफ्ना राजनीतिक विरोधीहरूलाई कानुनी रूपमा कारबाही गर्ने धेरै प्रयास असफल भएका छन्, जसले संवैधानिक सीमाहरू अझै प्रभावकारी रहेको देखाउँछ।

त्यस्ते पोप लियोले समेत इरान युद्धको विरोध गर्दै ‘मलाई ट्रम्प प्रशासनसँग कुनै डर छैन’ भन्दै युद्धको विरोध गरे। पोपको भनाइ धेरैले विश्वास गर्ने र अर्थपूर्ण मान्ने गर्छन्।

ट्रम्प किन आफ्नो शक्ति पूर्ण मान्छन्?

ट्रम्पले आफूलाई असीमित शक्ति भएको नेता ठान्ने विश्वास खुलाएरै व्यक्त गरेका छन्। उनले भनेका थिए,’म राष्ट्रपति हुँ, मैले चाहेको जे पनि गर्न सक्छु।’ विदेश नीतिमा आफूलाई सीमित गर्ने एक मात्र कुरा ‘आफ्नो नैतिकता’ भएको पनि उनले बताएका छन्।

यस विश्वासका कारण उनले युएस कंग्रेसको राय नलिई युद्ध सुरु गरे, जुन अहिले ६ हप्तादेखि जारी छ। ह्वाइट हाउसका अधिकारीहरूले पनि योजनाका बारेमा प्रायः ‘राष्ट्रपति बाहेक कसैलाई थाहा छैन’ भन्ने शैलीमा प्रतिक्रिया दिने गरेका छन्, जसले शक्ति बाँडफाँडको सिद्धान्तलाई बेवास्ता गरेको देखाउँछ।

इरानले ट्रम्पको प्रभुत्वको छविलाई कसरी कमजोर बनाइरहेको छ। तर, इरानमा ट्रम्पको रणनीति कमजोर पर्न थालेको देखिन्छ। प्रारम्भिक हवाई आक्रमण प्रभावशाली भए पनि केवल सैन्य शक्ति मात्रले स्पष्ट विजय दिलाउन सक्दैन भन्ने पुरानो पाठ फेरि देखिएको छ।

नाकाबन्दीलाई इरानलाई वार्तामा ल्याउने प्रयासका रूपमा हेर्न सकिन्छ। तेल आम्दानी रोकिएपछि इरानको अर्थतन्त्र धराशायी हुन सक्छ। तर इरानका नेताहरू यसलाई अस्तित्वको लडाइँ ठानिरहेका छन् र ठूलो कष्ट सहन तयार देखिन्छन्। उनीहरू ट्रम्पसँग उच्च तेल मूल्य र मुद्रास्फीतिको राजनीतिक दबाब सहने क्षमता नहुन सक्छ भन्ने हिसाबमा खेलिरहेका छन्।

यस्तै अवस्था युरोपमा पनि देखिएको छ। ओर्बानको पराजयले बलियो नेताको राजनीतिक मोडेल सधैं टिक्दैन भन्ने देखाएको छ।

समग्रमा, ट्रम्पको असीमित शक्तिको धारणा न त अमेरिकी संविधानमा आधारित छ, न त परम्परामा। दोस्रो कार्यकालको स्वाभाविक कमजोरीसँगै इरानजस्ता चुनौतीहरूले उनको प्रभाव अझ घटाउन सक्छन्।

– सिएनएनबाट भावानुवाद।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार