मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

आगजनीको खरानीबाट पुनर्जन्मः नरैनापुर गाउँपालिकाको नयाँ प्रशासकीय भवन तयार

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

बाँके । एक समय ध्वस्त भएर खरानी बनेको नरैनापुर गाउँपालिकाको प्रशासनिक केन्द्र अहिले नयाँ रूपले उभिएको छ। जेनजी आन्दोलनको मध्यरातमा भएको आगजनीले वडा नं ४ सहित सम्पूर्ण गाउँपालिका कार्यालय जलाएपछि सेवा प्रवाह ठप्प जस्तै भएको नरैनापुरमा अब पुनः नयाँ आशा पलाएको छ।

महालक्ष्मी–जुगल बिल्डर्स जेभीले निर्माण सम्पन्न गरेको नयाँ प्रशासकीय भवन हालै गाउँपालिकाले बुझ्ने तयारी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार नयाँ भवन सञ्चालनमा आएसँगै गाउँवासीले सहज र व्यवस्थित रूपमा सेवा पाउनेछन्।

“आगजनीपछि अस्थायी रूपमा साबिकको नरैनापुर गाविस कार्यालयबाट सेवा दिइरहेका थियौं। अब नयाँ भवन तयार भएपछि सेवामा गति आउँछ,” वलीले भन्नुभयो।

गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले आगजनीलाई “नरैनापुरको विकास यात्रामा दुःखद घाउ” भन्दै पुनर्निर्माण सम्पन्न हुनु पालिकाको पुनर्जागरण भएको टिप्पणी गर्नुभयो।

लेखा अधिकृत भरत बस्नेतले भवन भौतिक रूपमा तयार भइसकेको र प्रशासनिक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

पालिकाका इन्जिनियर प्रविन श्रेष्ठका अनुसार भवन निर्माणका लागि ६ करोड ८० लाख ३१ हजार रुपैयाँ लागत लागेको छ। संघीय सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत अनुदानमा यो निर्माण सम्पन्न भएको हो।

२०७९ असोज ३१ गते सम्झौता भएको यो परियोजना विभिन्न कारणले केही ढिलो भए पनि २०८२ कार्तिकमा गाउँपालिकाले नयाँ भवन हस्तान्तरण गर्न पाउने भएको छ।

स्थानीयवासीहरू भने नयाँ भवनले नरैनापुरको पुनर्जन्मको प्रतीक बनेको प्रतिक्रिया दिँदै छन्।

एक स्थानीय बासिन्दाले भने“जलेको पालिका अब उज्यालो भएको छ, यो भवन हाम्रो आशाको नयाँ मुना हो ।,”

आगजनीको खरानीबाट उठेको यो भवन अब सुशासन, पारदर्शिता र जनसेवाको नयाँ अध्याय लेख्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार