सिमराका विपन्न तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई १०५ थान झोला र कपडा सहयोग

यूथ टुडे समाचारदाता 3661+ समाचार ( )
२८ कार्तिक २०८३, शुक्रबार

बाँके । बाँकेको बढैयाताल गाउँपालिका–३, सिमरास्थित श्री भवानी माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री र कपडा वितरण गरिएको छ।

ग्रेस कम्युनिटी नेपालको सहयोगमा आयोजित कार्यक्रममा बालबालिकालाई १०५ थान झोला तथा कपडा, एक थान साउन्ड बक्स र एक थान गितार वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी तथा विशिष्ट अतिथि ग्रेस कम्युनिटी नेपालका प्रबन्धक शेरबहादुर बोहराको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमीरूल हसन जागाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका पूर्वअध्यक्ष दिलबहादुर केसी, कार्यपालिका सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रकला विक, पास्टर सोनु बराइली, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि तथा विद्यालयका शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमले विशेष सहयोगको आवश्यकता भएका तथा आर्थिक रूपमा कमजोर बालबालिकालाई शैक्षिक गतिविधिमा निरन्तरता दिन प्रोत्साहन पुग्ने विश्वास गरिएको छ। साथै, यस्ता सहयोगले बालबालिकामा आत्मविश्वास बढाउनुका साथै विद्यालयको शैक्षिक वातावरण थप समावेशी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शिक्षा र अवसरबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित गरिएको यस सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सकारात्मक सन्देश दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार