मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

मधेश प्रदेशको सुरक्षा चुनौतीबारे बर्दियाबासमा अन्तर्क्रिया सुरु

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
१७ अशोज २०८०, बुधवार

बर्दिबास । मधेश प्रदेशको सुरक्षा चुनौतीबारे बर्दियाबासमा अन्तर्क्रिया भइरहेको छ । अन्तर्क्रियामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित मधेश प्रदेशका आठैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् ।

प्रमुख जिल्ला अधिकारीहरुले र सुरक्षा निकायका प्रमुखहरूले आ-आफ्नो जिल्लाको अवस्थाबारे रिपोर्टिङ गरिसकेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिनेछन् ।

प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा वाधाव्यवधान खडा गर्न खोजिएको, पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक संजालमा आउने कतिपय सामग्रीले उत्तेजना बढाउन खोजेको लगायतका समस्याबारे जानकारी गराएका छन् ।

भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्नसक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने सम्भावनासमेत उनीहरुले औंल्याएका छन् । साथै प्रशासनले सबै गैरकानुनी गतिविधिलाई प्रत्यक्ष तथा सूक्ष्म निगरानी गरिरहेको र सुरक्षा अवस्थालाई चुस्त राखिएको जानकारी उनीहरुले गराएका छन् ।

अन्तर्क्रियामा गृह मन्त्रालयका सचिव, प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका अधिकारी लगायत सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार