मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

जानकी गाउँपालिकामा विद्यार्थीलाई लक्षित साइबर अपराधसम्बन्धी सचेतनामूलक तालिम सम्पन्न

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले डिजिटल माध्यमको प्रयोगमा सानो लापरवाहीले पनि गम्भीर कानुनी समस्या निम्त्याउन सक्ने भन्दै विद्यार्थीहरूलाई सचेत रहन आग्रह गर्नुभयो ।
२२ पौष २०८२, मङ्गलबार

बाँके । बाँकेको जानकी गाउँपालिकाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि साइबर अपराधसम्बन्धी सचेतनामूलक तालिम सम्पन्न गरेको छ । डिजिटल माध्यमको सुरक्षित प्रयोग र बढ्दो साइबर अपराध नियन्त्रणमा योगदान पुर्‍याउने उद्देश्यले तालिम आयोजना गरिएको हो । 

तालिमको समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले डिजिटल माध्यमको प्रयोगमा सानो लापरवाहीले पनि गम्भीर कानुनी समस्या निम्त्याउन सक्ने भन्दै विद्यार्थीहरूलाई सचेत रहन आग्रह गर्नुभयो । उहाँले जानकी गाउँपालिकाभित्र रहेका ४५ वटै विद्यालयमा साइबर अपराधसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै, साइबर अपराध नियन्त्रणका लागि विद्यार्थीस्तरबाटै सचेतना अभियान सञ्चालन गरिने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले साइबर अपराध नियन्त्रण राज्यको मात्र जिम्मेवारी नभई समाजका सबै तहको साझा दायित्व भएको उल्लेख गर्नुभयो । शिक्षा शाखा प्रमुख कृष्णा भण्डारीले विद्यालय तहबाटै डिजिटल अनुशासन र कानुनी चेतना विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास संयोजक रामअचल धोबी, सूचना प्रविधि अधिकृत विकास जिसी तथा सहायक शिक्षा अधिकृत झुमी कुमारी वलीले साइबर अपराधका कारण विद्यार्थीको भविष्यमा पर्न सक्ने दीर्घकालीन असरबारे जानकारी गराउँदै अभिभावक, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको बताए ।

तालिमका सहजीकरणकर्ता आइटी विज्ञ अंकित श्रीवास्तवले पासवर्ड सुरक्षा, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, ह्याकिङ, साइबर बुलिङ तथा यौनजन्य साइबर अपराधबारे व्यावहारिक प्रशिक्षण दिनुभएको थियो । उहाँले ‘कानुनको अज्ञानता क्षम्य नहुने’ भएकाले डिजिटल गतिविधिमा सतर्कता अपनाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा सहभागी शिक्षक विकासकुमार बिसीले यस्ता तालिमले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई समेत सचेत बनाउने बताउनुभयो । तालिममा ४० जना विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो । जानकी गाउँपालिकाका अनुसार पछिल्लो समय साइबर अपराधका घटना बढ्दै गएकाले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।

प्रतिक्रिया

Ramesh kumar b c २३ पौष २०८२, बुधवार

bikash hoina sir Ramesh kumar b c

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार