मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

फरार हत्या आरोपी दशगजाबाट यादव पक्राउ

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
कर्तब्यज्यान मुद्दामा अझै ४ जना पक्राउ हुन बाँकी
१ फाल्गुन २०७९, सोमबार

बिनय दिक्षित 

नरैनापुर । करिब नौ महिना देखि हत्या आरोपमा मुद्दा दर्ता भई फरार अभियुक्तलाई प्रहरीले नेपालभारत सिमाक्षेत्रबाट फन्दमा लिन सफल भएको छ । 

बाँके नरैनापुर गाउँपालिका वडा नं.५ बस्ने रामपाल यादवलाई कूटपीट गर्दा मृत्यु भएको घटनामा संलग्न रही फरार रहँदै आएका सोही ठाउँ बस्ने अं.२३ वर्षिय लालमणि यादवलाई प्रहरीले पक्राउ गरेको हो । 

गएराति सिमा क्षेत्र नरैनापुर ५ हुलासपुरमा लुकीछिपी बसीरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक विर बहादुर सुनारको कमाण्डमा गएको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो । 

गाईवस्तु चराउने कार्य गर्दै आएको मृतक रामपाल यादवलाई मुन्सी प्रसाद यादव, गोबरे राढ, लालमणि यादव, राज कुमार धोबी र शिवराज धोबीले कूटपीट गरि घाइते बनाएकोमा निज यादवको २०७९ जेष्ठ ३ गते उपचारको क्रममा मृत्यु भएको थियो । 

फरार थप अभियुक्तलाई खोजी कार्य तीब्र पारिएको इन्चार्ज सुनारले बताए । हामी निरन्तर खोजी कार्य गर्दै आएका छौं, उनले भने, भारतमा लुकीछिपी बसीरहेको सूचना रहेकोले उनीहरुलाई पक्राउ गर्ने तयारी भइरहेको छ । 

मृतकको आमा मुनकी यादवले दायर गरेको जाहेरीमा छोरालाई रुखमा बाँधेर कूटपीट गरि हत्या गरिएको उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार