मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान

महमूद आलम खान 1133+ समाचार ( )
पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने– ‘प्रारम्भिक जानकारीअनुसार ६४ प्रतिशत मात्र मतदान भएको छ । यो हामीले अपेक्षा गरेकोभन्दा कम संख्याको मतदान हो ।
३० वैशाख २०७९, शुक्रबार

बाँके । स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । तर, आयोगले अपेक्षा गरेकोभन्दा यो कम मतदान हो ।

स्थानीय तह निर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएपछि पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले ६४ प्रतिशत मात्र मतदान भएको जानकारी दिएको हो ।

निर्वाचन आयोग आफैले पनि ६४ प्रतिशत मात्र मत खसेको भन्दै चिन्ता व्यक्त गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने– ‘प्रारम्भिक जानकारीअनुसार ६४ प्रतिशत मात्र मतदान भएको छ । यो हामीले अपेक्षा गरेकोभन्दा कम संख्याको मतदान हो । यस विषयमा हामी चिन्तित छौं ।’

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ७२ प्रतिशतसम्म मतदान हुने प्रक्षेपण गरेको थियो । तर, सोअनुसार मतदान नभएको हो ।

ठूलो जनघनत्व भएको स्थानीय तहहरुमै अपेक्षाकृत मतदान नभएका कारण ६४ प्रतिशत मात्र मतदान भएको आयोगको ठहर रहेको छ ।

प्रमुख आयुक्त थपलियाले भने– ‘हामीले काठमाडौं जस्तो ठूलो जनघनत्व भएको स्थानीय तहमा धेरै मतदान हुने अपेक्षा गरेका थियौं । तर, काठमाडौंमा पनि अपेक्षाकृत मतदान भएन । त्यसैले आयोगले सोचे जति मतदान नभएको हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार