मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

नयाँ प्रजिअको एक्सन ः नौवास्तामा बन्दै गरेको बाल सुधार गृह सञ्चालनमा

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
३० अशोज २०८०, मङ्गलबार

बाँके । बाँके बैजनाथ गाउँपालिकामा वडा नम्बर ५ नौवास्तामा बन्दै गरेको बाल सुधार गृह सञ्चालनमा आएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबारदेखि नौवास्तामा बन्दै गरेको कारागारको एक ब्लक बाल सुधार गृहका बालकहरूका लागि सञ्चालनमा ल्याएको बताएको हो ।

उक्त बाल सुधार गृहमा पहिलो चरणमा पर्सा बाल सुधार गृहबाट १५ जना, हेटौंडाबाट १८ र भैरहवाबाट १३ गरी ४६ जनालाई राखिएको मन्त्रालयको बालबालिका शाखाका अधिकृत कमला दाहालले जानकारी दिइन् । 'मुद्दा टुंगिएका र १८ वर्षभन्दा माथिका उमेर समूहलाई मात्र त्यहाँ पठाएका छौं,' उनले भनिन् ।

बाँकेमा नयाँ प्रजिअको रुपमा आएका श्रवरण पोख्रेलले बाल गृहलाई व्यवस्थापित गर्न लागी परेको जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक मा लेखेका छन् । उनले नेपालगंज स्थित जयेन्दु बाल गृह सुधार गृहबाट समेत १८ वर्ष माथिका थप ४४ जनालाई बुधबार कार्तिक १ गते स्थानान्तरण गरिने उल्लेख गरेका छन् । 

पहिलो चरणमा क्षमताभन्दा बढी राख्दै आएका सुधार गृहका बालकहरूलाई पठाइएको कारागार व्यवस्थापन विभागका प्रवक्ता कमलप्रसाद पाण्डेले बताए। अन्य सुधार गृहमा रहेकाहरूको पनि विस्तारै व्यवस्थापन गर्दै स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।

सञ्चालनमा ल्याइएको नौवास्ता नयाँ बाल सुधार गृहमा २६५ जना अट्ने अनुमान गरिएको छ। त्यही अनुसार व्यवस्थापनको काम भइरहेको नौवास्ता बाल सुधार गृहको सहायक प्रमुख सविता राउतले बताइन् ।

अहिले नौवास्ता बाल सुधार गृहका लागि तीन जना कर्मचारीसँगै सुरक्षाका लागि ३० जना सशस्त्र प्रहरी र २५ जना नेपाल प्रहरी परिचालन गरिएको छ ।

बाल सुधार गृहमा बस्दै आएका बालकहरूको स्वभाव हेरेर उनीहरूलाई छुट्टै राख्ने निर्णय गरिएको थियो। भदौ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले १८ वर्षभन्दा माथिका बालकहरूलाई उनीहरूको स्वभाव र चालचलन हेरेर छुट्टै राख्ने निर्णय गरेको हो ।

नौवस्तामा कारागारको भवन बनिरहेको छ। त्यही भवनको एउटा ब्लकलाई बाल सुधार गृह बनाइएको हो। जहाँ १८ वर्षमाथिका बालकलाई मात्रै राखिएको छ।

‘समूहमा मिलेर नबस्ने र झगडालु स्वभाव भएका १८ वर्षमाथिका बालकहरूलाई पहिलो चरणमा स्थानान्तरण गरिएको छ', उनले भनिन्। थप बालकहरू राख्नका लागि बालकहरू बस्ने, सुत्ने र खेल्ने कोठाको व्यवस्थापन भइरहेको छ। 

१८ वर्षमाथिका बालबालिकालाई सुधार गृहबाट कारागार सरूवा गर्ने कानुनी व्यवस्था छैन। तत्काल कानुन संशोधन गर्ने तयारी पनि छैन। त्यसैले उनीहरूलाई छुट्टै राख्ने योजना बनेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार