मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

रुकुम पश्चिमबाट निर्वाचित अर्थ मन्त्री शर्मालाई नेपालगंजमा नरैनापुरका अध्यक्ष शाहले दिए बधाई

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
नरैनापुरलाई समृद्ध बनाउन सदनबाटै पहल गर्ने नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शर्माको प्रतिबद्धता
११ मंगशिर २०७९, आइतबार

बाँके ।  नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट साढे २६ हजारको मतान्तरले प्रतिनिधिसभामा विजयी भएर आज आईतबार काठमाडौ फर्किनु भएको छ । 

निर्वाचनको सबै प्रक्रिया सकेर काठमाडौ जाने क्रममा नेपालगंज विमान स्थल पुग्नु भएका रुकुम पश्चिमबाट निर्वाचित मन्त्री शर्मालाई नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले फूलको गुच्छा र दोसल्ला लगाएर बधाई दिनु भएको थियो । 

अध्यक्ष शाहले रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य शर्मालाई बधाई दिँदै भन्नुभयो्, ‘नरैनापुर गाँउपालिकालाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईको साथ आवश्यक हुनेछ । तपाई सहित बाँकेबाट निर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यहरु संग सहकार्य गरी नरैनापुरलाई समृद्ध बनाउन हामी आतुर छौँ ।’

शिक्षा, स्वास्थ्य, कृषि लगायतका समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्ने उल्लेख गर्दै अध्यक्ष शाहले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शर्मा संग सहयोगको अपेक्षा व्यक्त गर्नु भएको थियो ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शर्माले बाँकेको नरैनापुर आफनो पहिलो प्रातमिकतामा रहेकोले समृद्ध नरैनापुर बनाउन कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै शर्माले नयाँ सरकार गठन भए लगत्तै नरैनापुरको समस्या समाधानका लागि सदनबाटै पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

मन्त्री शर्मालाई बधाई दिन बाँके क्षेत्र नं. १ (क) बाट नवनिर्वाचित प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, नरैनापुर गाँउपालिकाका जिन्सी शाखा प्रमुख भरत महतो लगायतका नेता कार्यकर्ताहरु नेपालगंज बिमान स्थल पुग्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार