मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

युवाका लागि उत्प्रेरणमुलक कार्यक्रमहरु ल्याउने - मन्त्री अथक

महमूद आलम खान 1133+ समाचार ( )
सबै मन्त्रालयहरुले लक्षित वर्गका कार्यक्रमहरु टुक्रे बजेट बनाउँदा युवाले विभिन्न कारणले निराशजनक हुनुपर्ने अवस्था आएको जनाउँदै उहाँले बजेटलाई एकिकृत र केन्द्रकृत गरेपछि मात्रै कामको परिमाण देखिने बताउनुभयो ।
२१ मंगशिर २०७८, मङ्गलबार

कोहलपुर । बाँकेको कोहलपुरमा लुम्बिनी र सुदुरपश्चिमका राष्ट्रिय युवा परिषदका युवाका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । मंगलबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सो कार्यक्रमको उद्घाटन गर्नुभयो । ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मुल नाराका साथ राष्ट्रिय युवा परिषदका लुम्बिनी र सुदुरपश्चिमका युवाका लागि दुई दिने अभिमुखीकरण शुरु गरिएको परिषदले जनाएको छ।

सो अवसरमा बोल्दै मन्त्री अथकले युवाका लागि उत्प्रेरणमुलक कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभयो । सबै मन्त्रालयहरुले लक्षित वर्गका कार्यक्रमहरु टुक्रे बजेट बनाउँदा युवाले विभिन्न कारणले निराशजनक हुनुपर्ने अवस्था आएको जनाउँदै उहाँले बजेटलाई एकिकृत र केन्द्रकृत गरेपछि मात्रै कामको परिमाण देखिने बताउनुभयो ।

सोही प्रकारले युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले युवाका लागि मन्त्रालयले विभिन्न निति, नियम, कार्यविधि र ऐनहरु निर्माण गरिसकेको बताउनुभयो । उहाँले सोही निति अनुसार स्थानीय तहसम्म पु¥याउनका लागि काम थालनी गरिएको जानकारी दिनु भयो ।

टुक्रे कार्यक्रम भएको कारणले गर्दा प्रभावकारी रुपमा युवालाई समेटन नसकिरहको जनाउँदै सचिव रेग्मीले यसलाई प्रभावकारी रुपमा ल्याउनका लागि युवालाई विशेष प्रकारका तालिमहरु दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार