मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

“सामाजिक एकता कायम गरी समृद्ध नेपाल बनाउन सकिन्छ” — पूर्वमन्त्री अब्दुल खान

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

बर्दिया । स्वतन्त्र युवा सञ्जाल बर्दियाको संयोजनमा पूर्वमन्त्री अब्दुल खानको प्रमुख आतिथ्यतामा “जनतासँग, प्रतिनिधिको हिसाब–किताब” कार्यक्रम आज गुलरिया नगरपालिकाको जि.वि.स. सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा पूर्वमन्त्री खानले आफ्ना संसदीय र कार्यकारी कार्यकालका उपलब्धिहरूको विस्तृत विवरण जनतासामु प्रस्तुत गर्दै भने, “सामाजिक एकता र सहकार्यकै माध्यमबाट मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ।” उनले जनताको विश्वास र समर्थनका कारण आफूले बर्दियाको हितका लागि संसददेखि मन्त्रालयसम्म निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरे।

खानले ३२ महिना २० दिनको कार्यकालमा बर्दियाको विकासका लागि गरेका पहलहरूको सार्वजनिक रूपमा हिसाबकिताब पेस गरेर ऐतिहासिक दृष्टान्त स्थापना गरेका छन्। उपस्थित नागरिकहरूका अनुसार बर्दियाको इतिहासमा पहिलो पटक कुनै जनप्रतिनिधिले जनतासामु खुला रूपमा आफ्नो कार्यकालको लेखाजोखा पेस गरेका हुन्।

कार्यक्रममा विभिन्न सामाजिक अगुवा, संघ–संस्था, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ब्राह्मण, लोध, वर्मा, मुस्लिम, यादव, थारू, दलित र पहाडी समुदायका अगुवाहरूले पूर्वमन्त्री खानको कार्यशैली र पारदर्शिताको सराहना गर्दै उनलाई “आशा र भरोसाको प्रतीक युवा नेतृत्व” का रूपमा स्वागत गरेका थिए।

सामाजिक एकता, पारदर्शिता र उत्तरदायित्वका आधारमा देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउनुपर्ने सन्देशसहित कार्यक्रम सम्पन्न गरिएको आयोजकहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार