मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

बाँकेमा डीएनए नमूना संकलन सुरु

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
२१ भाद्र २०८३, आइतबार

बाँके । रसुवाको भोटेकोशी तथा त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका तथा फेला परेका शवको पहिचानका लागि बाँके जिल्लाबाट १६ जना आफन्तको डीएनए नमूना सङ्कलन गरिएको छ ।

बाढीका कारण बाँके जिल्लाका धेरै व्यक्ति बेपत्ता भएका र फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएपछि आफन्तको डीएनए नमूना सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्जमा सम्पर्कमा आएका १६ जना आफन्तको भेरी अस्पतालमा डीएनए नमूना सङ्कलन गरिएको हो । अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा समेत नमूना सङ्कलन गरिएको छ ।

डीएनए परीक्षणका लागि बेपत्ता व्यक्तिका पहिलो तहका नातेदार-बाबु, आमा, छोरा वा छोरी-को ताजा रगतको नमूना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।

डीएनए परीक्षणका लागि नमूना पठाइएपछि बाढीमा बेपत्ता भएका आफ्ना दाजु, भाउजू र छोराको शव पहिचान हुनेमा आफू आशावादी रहेको नेपालगञ्ज–२० निवासी अनलाल रोकायले बताउनुभयो ।

भोटेकोशीमा आएको बाढीपछि रोकायका १९ वर्षीय एक्लो छोरा दीपक, ५३ वर्षीय दाजु शेरसिंह र ५६ वर्षीया भाउजू विष्णुमती एकैसाथ बेपत्ता भएका छन् ।

रसुवाको भोटेकोशी बाढीपछि बाँके जिल्लाका २३ जना अझै बेपत्ता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म तीन जनाको शव पहिचान भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ ।

यसैबीच, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २४ लाख ३७ हजार २७४ सहयोग रकम जम्मा भएको छ ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार विभिन्न २१ सङ्घसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिले स्वस्फूर्त रूपमा उक्त रकम सहयोग गरेका हुन् ।

बाँकेबाट सबैभन्दा बढी नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले रु. ६ लाख १ हजार, सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलले रु. ३ लाख ४५ हजार ७७१ र ओलमा काउन्सिल नेपालले रु. ३ लाख सहयोग गरेका छन् । विभिन्न मस्जिदबाट सङ्कलित रकमसमेत उल्लेख्य रहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत सङ्कलित सहयोगबाहेक पनि विभिन्न सङ्घसंस्था तथा नागरिक तहबाट स्वस्फूर्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उल्लेख्य रक

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार