मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

रुपन्देही–२ मा मगरलाई सत्ता गठबन्धनको समर्थन

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि केशवबहादुरलाई गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
९ कार्तिक २०७९, बुधवार

काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही–२ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन गर्ने भएको छ । गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि केशवबहादुरलाई गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बुधबार रुपन्देही क्षेत्र नम्बर २ मा बसेको पाँच दलीय गठबन्धनको बैठकले केशवबहादुरलाई समर्थन गर्ने निर्णय गरेसँगै नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई चुनौती थपिएको छ । यसअघि राजु गुरुङको उम्मेदवारी खारेजी भएसँगै उनको जित सुनिश्चित जस्तै भएको थियो ।

यो क्षेत्रमा एमालेको उपाध्यक्षसमेत रहेका पौडेलले यसअघि लगातार तीनपटक जितेका थिए । तर, गठबन्धन भएपछि एमालेृलाई चुनौती बनेको थियो । तर, निर्वाचन कार्यलयले गुरुङको उम्मेदवारी कानुनी रुपमा अयोग्य भएको भन्दै खारेज गरिएपछि पौडेल ढुक्क बनेका थिए ।

केशव को हुन् ?

रुपन्देही क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवार बनेका केशवबहादुर थापा मगर गठबन्धनका साझा उम्मेदवार बनेका छन् । सो पार्टीका कार्यकारी अध्यक्ष रहेका उनी केशव सूर्यवंशी मगरको नामले समेत चिनिन्छन् ।

जनमुक्तिका केन्द्रीय अध्यक्ष केपी पालुंगा इलाममा एमाले उपाध्यक्ष सुवास नेम्वाङको क्षेत्रमा उम्मेदवार छन् । पार्टीमा पालुंगापछि दोस्रो नेता कार्यकारी अध्यक्ष केशव रुपन्देही–२ मा एमालेका उपाध्यक्ष पौडेलसँग अब चुनावी मैदानमा भिड्ने छन् । रुपन्देही–२ राष्ट्रिय जनमुक्ति पार्टीको राम्रो पकड भएको क्षेत्र मानिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार