मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

समाजको रूपान्तरणका लागि समानता र न्याय अपरिहार्य : पूर्व आयुक्त अन्सारी

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
२६ अशोज २०८२, आइतबार

बाँके । नेपालगञ्जमा नेप्लीज मेटर्सले आयोजना गरेको “समाजको आवश्यकता र दिगो परिवर्तन” विषयक विचार–विमर्श कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले दिगो परिवर्तनका लागि मानव अधिकार, समानता र न्यायलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभएको छ। उहाँका अनुसार राज्य, नागरिक समाज र नयाँ पुस्ताबीचको सहकार्यबिना सार्थक परिवर्तन सम्भव नरहेको बताउनु भयो । 

अन्सारीले भन्नुभयो, “दिगो परिवर्तन केवल नीति वा कागजमा सीमित हुनु हुँदैन, यो व्यवहारमा देखिनु पर्छ। त्यसका लागि समान अवसर, लैङ्गिक न्याय र सबै वर्गको सम्मान अनिवार्य छ ।”

उहाँले विश्वभर फैलिँदै गएको जेनजी आन्दोलनलाई परिवर्तनको सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै नयाँ पुस्ता अधिकारप्रति सचेत र अन्यायविरुद्ध आवाज उठाउन सक्षम बन्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभया “जेनजी पुस्ता निडर छ, उनीहरूले प्रश्न गर्छन्, असमानताविरुद्ध बोल्छन् — यही चेतना दिगो परिवर्तनको जग हो ।,”

अन्सारीका अनुसार महिला, दलित, आदिवासी, मुस्लिम, मधेसी लगायत सबै समुदायको समान सहभागिता सुनिश्चित नगरी कुनै पनि परिवर्तन दीर्घकालीन हुन नसक्ने उल्लेख गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै नेप्लीज मेटर्सका संरक्षक हाजी अब्दुल रहमान मियाँले समाजमा सहिष्णुता, एकता र आपसी समझदारीको आवश्यकता औंल्याउनुभयो ।

“धर्म, भाषा वा पहिचानले होइन, मानवताको आधारमा हामी एकअर्कासँग जोडिनुपर्छ,” उहाँले भन्नुभयो, “युवापुस्ता एउटै उद्देश्यका लागि संगठित भए भने समाजमा कुनै पनि विभाजन टिक्दैन।”

मियाँले मुस्लिम युवाहरूलाई पनि देश निर्माणमा सशक्त रूपमा सहभागी हुन आह्वान गर्दै जेनजी आन्दोलनले उनीहरूका लागि अवसरको ढोका खोलेको बताउनुभयो।

कार्यक्रममा प्राध्यापक गिरिराज पौडेलले दिगो विकास लक्ष्य हासिल गर्न शिक्षामा समान पहुँच, लैङ्गिक समता र उत्तरदायित्वपूर्ण शासन प्रणाली आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी, नेप्लीज मेटर्सका संयोजक मोहम्मद रिहान मियाँले जेनजी आन्दोलनले समानता र अधिकारको आवाज बुलन्द गरे पनि सबै समुदायको समान प्रतिनिधित्व अझै सुनिश्चित हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“जबसम्म मुस्लिम समुदायलगायत वञ्चित वर्गका युवाहरू नेतृत्वमा आउँदैनन्, जेनजी आन्दोलन अधुरो रहन्छ ।,” 

अधिवक्ता जमालुद्दीन अन्सारीले मुस्लिम युवाहरूमा आत्मविश्वास र चेतना जगाउने जिम्मेवारी पनि जेनजी आन्दोलनकै रहेको बताउनुभयो । “हामी परिवर्तनका दर्शक होइनौँ, सह–निर्माता बन्न चाहन्छौँ,” उहाँले भन्नुभयो, “मुस्लिम युवा पुस्ता देशको भविष्य हो, त्यसैले उनीहरूको आवाज जनतासामु पुग्नुपर्छ ।”

कानूनका विद्यार्थी नूर मोहम्मद अन्सारीले स्थानीयदेखि संघीय तहसम्मका नीतिहरूमा मानव अधिकार दृष्टिकोण समावेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले भने, “शिक्षा, स्वास्थ्य, रोजगारी र वातावरणीय न्यायमा समान पहुँच दिलाउन सके मात्र समाजले ‘दिगो परिवर्तन’ को वास्तविक अर्थ बुझ्नेछ ।”

दुई दर्जनभन्दा बढी युवाको सहभागितामा सम्पन्न कार्यक्रममा वक्ताहरूले सबै समुदायको समान सहभागिता र मानव–केन्द्रित विकासलाई दिगो रूपान्तरणको मूल आधार मानेर अगाडि बढने जोड दिएका थिए । पूर्व आयुक्त मोहना अन्सारीलाई कार्यक्रममा भव्य स्वागत गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार