मुख्य समाचार
विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम |

उपत्यकाभित्र लगाइएको जोरबिजोर प्रणाली हटाइदै

महमूद आलम खान 1133+ समाचार ( )
कोरोना संक्रमण रोक्ने भन्दा पनि आम मानिसमा झन संक्रमणको जोखिम बढेको भन्दै तिब्र आलोचना भएको छ ।
१३ माघ २०७८, बिहीबार

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीको तेस्रो लहर बढ्न थालेपछि उपत्यकामा केहीदिनयता यातायातमा जोरविजोर प्रणाली लागु गरिएको थियो । तर, यसबाट कोरोना संक्रमण रोक्ने भन्दा पनि आम मानिसमा झन संक्रमणको जोखिम बढेको भन्दै तिब्र आलोचना भएको छ ।

चौतर्फी आलोचना बढेपछि काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला प्रशासन कार्यालयले जोर विजोर प्रणालीबारे पुनर्विचार गर्ने भएका छन् ।

सवारी साधन चलाउन लगाइएको जोर-बिजोर प्रणालीको सर्वत्र आलोचना भएपछि आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूले यसबारे थप निर्णय लिन छलफल गर्ने भएका हुन् ।

कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भनेर माघ ८ गतेदेखि सवारी साधनमा जोर-बिजोर लागू गरिए पनि त्यसले झन् भीडभाड बढाएको भन्दै गुनासा आउन थालेपछि सिडिओहरू छलफल गर्न लागेका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार जोर(बिजोर प्रणालीबारे सिसिएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव लिएर भोलिसम्ममा निर्णय लिइने बताएका छन् ।

सरकारले संक्रमण र अस्पतालमा बिरामीको चापलाई कम गर्न जोर-बिजोर प्रणाली लागू गरे पनि यो प्रभावकारी भएको देखिँदैन । उपत्यकाका ठूला अस्पतालकै चिकित्सकहरू जोर-बिजोर प्रणालीले संक्रमण नरोक्ने बरू भीडभाड बढाउने बताउँछन्।

सबै कामकाज जारी रहेको बेलामा यातायातमा मात्रै जोरविजोर गर्दा चल्ने सवारी साधनको चाप घटेपनि चलेका सवारीमा मानिसहरु कोचिएर यात्रा गर्न बाध्य भएका छन् । चौतर्फी आलोचना बढेपछि उपत्यकाका सिडिओहरुले यसबारे समीक्षा गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार