मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

उपत्यकाभित्र लगाइएको जोरबिजोर प्रणाली हटाइदै

महमूद आलम खान 1133+ समाचार ( )
कोरोना संक्रमण रोक्ने भन्दा पनि आम मानिसमा झन संक्रमणको जोखिम बढेको भन्दै तिब्र आलोचना भएको छ ।
१४ माघ २०७८, शुक्रबार

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीको तेस्रो लहर बढ्न थालेपछि उपत्यकामा केहीदिनयता यातायातमा जोरविजोर प्रणाली लागु गरिएको थियो । तर, यसबाट कोरोना संक्रमण रोक्ने भन्दा पनि आम मानिसमा झन संक्रमणको जोखिम बढेको भन्दै तिब्र आलोचना भएको छ ।

चौतर्फी आलोचना बढेपछि काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला प्रशासन कार्यालयले जोर विजोर प्रणालीबारे पुनर्विचार गर्ने भएका छन् ।

सवारी साधन चलाउन लगाइएको जोर-बिजोर प्रणालीको सर्वत्र आलोचना भएपछि आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूले यसबारे थप निर्णय लिन छलफल गर्ने भएका हुन् ।

कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भनेर माघ ८ गतेदेखि सवारी साधनमा जोर-बिजोर लागू गरिए पनि त्यसले झन् भीडभाड बढाएको भन्दै गुनासा आउन थालेपछि सिडिओहरू छलफल गर्न लागेका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार जोर(बिजोर प्रणालीबारे सिसिएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव लिएर भोलिसम्ममा निर्णय लिइने बताएका छन् ।

सरकारले संक्रमण र अस्पतालमा बिरामीको चापलाई कम गर्न जोर-बिजोर प्रणाली लागू गरे पनि यो प्रभावकारी भएको देखिँदैन । उपत्यकाका ठूला अस्पतालकै चिकित्सकहरू जोर-बिजोर प्रणालीले संक्रमण नरोक्ने बरू भीडभाड बढाउने बताउँछन्।

सबै कामकाज जारी रहेको बेलामा यातायातमा मात्रै जोरविजोर गर्दा चल्ने सवारी साधनको चाप घटेपनि चलेका सवारीमा मानिसहरु कोचिएर यात्रा गर्न बाध्य भएका छन् । चौतर्फी आलोचना बढेपछि उपत्यकाका सिडिओहरुले यसबारे समीक्षा गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार