मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नरैनापुरको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी खरालले सम्हाले

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
मणिराम खरालले नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । प्रमख प्रशासकिय अधिकृत खरालले मंगलबार देखि नरैनापुर गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदबहाली गरेका हुन्।
२८ भाद्र २०७९, मङ्गलबार

बाँके ।  मणिराम खरालले नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । प्रमख प्रशासकिय अधिकृत खरालले मंगलबार देखि नरैनापुर गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदबहाली गरेका हुन्। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खराललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको हो । यसअघि नरैनापुर गाँउपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको भूमिका निर्वाह गर्दै आएका भरत बस्नेत सोही पालिकाको लेखा अधिकृतको जिम्मेवारी सम्हालेका छन् । 

पदवहाली भएसँगै खरालले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताए । ‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र गाँउसभाको अभिभावकत्व रहन्छ । म प्रशासनको अभिभावकत्व गर्छु । कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्याङ्कन गर्छु ।

प्रमुख प्रशासकीय अधिकृत खरालले भने, ‘वडा सशक्त हुनुपर्छ । वडाले गर्ने ८८ वटा काम छन् । तीमध्ये ३५ प्रकारका शिफारिस र अन्य प्रकारका सेवा प्रवाह गर्नुपर्छ । नरैनापुर सुख्खा क्षेत्र घोषणा संगै गाँउपालिका सँग अहिले धेरैको अपेक्षा छ । त्यसका लागि वडालाई क्षमतावान बनाउनमा मेरो ध्यान हुनेछ ।

कोरोनाको पहिलो चरणमा नरैनापुर गाँउपालिकामा ७ महिना प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी निर्वाह गरेका खरेलले संकटको समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै फेरी पनि सुख्खा ग्रस्त क्षेत्र नरैनापुरमा दोस्रो पटक आएको भन्दै गाँउपालिका अध्यक्ष शाहले स्वागत गरेका थिए । उनले नरैनापुरको समग्र विकासका लागि काम गर्न निर्देशनात्मक सुझाव दिएका थिए ।

गाउँपालिका कार्यालय नरैनापुरमा अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तव, जनप्रतिनिधी, निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी निर्वाह गरेका लेखा अधिकृत भरत बस्नेत, वडा नं. २ का वडा अध्यक्ष मसूद अहमद शाह, जिन्सी शाखा प्रमुख एंव वडा नं. ५ का सचिव भरत महतो, नरैनापुरको विपत शाखाका प्रमुख लक्ष्मीकान्त मिश्रा, लेखापाल प्रकाश अधिकारी तथा अन्य कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत खराललाई स्वागत गरे ।

खराल सुशासन र आर्थिक पारदर्शितामा अब्बल प्रशासकका रुपमा चिनिन्छन् । यसअघि पनि थुप्रै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेको उनीसँग अनुभव छ । नरैनापुर गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि आफुले इमान्दारिता पुर्वक काम गर्ने खरालले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार