मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

फत्तेपुर दुर्घटना अपडेट
मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
५ माघ २०८१, शनिबार

बाँके । बाँकेको राप्ती सोनारीस्थित फत्तेपुरमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई क्षतिपूर्ति दिने विषयमा शनिबार सहमति भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको रोहबरमा मृतकका परिवार र बस ब्यवसायीबीच भएको छलफलमा प्रति परिवार ६ लाख ५० हजारका दरले क्षतिपुर्ति दिने सहमति भएको हो ।

सहमति भएसँगै परिवार तथा आफन्तले मृतकको शव पोष्टमार्टम गरेर घरमा लगेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी हिमराज बिकले जानकारी दिए । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा गत मंगलबार बेलुका नरैनापुरबाट नेपालगन्ज जादै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालक राप्ती सोनारी–७ फत्तेपुर, सर्रा निवासी २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २३ बर्षीय राजेश थारुको मृत्यु भएको थियो । क्षतिपुर्ति दिने विषयमा यसअघि सहमति नहुँदा मृतकका परिवार तथा स्थानीय बासिन्दाले हुलाकी राजमार्ग र पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

बस ब्यवसायीले क्षतिपुर्ति रकम बाहेक मृतकको पोष्टमार्टम र अस्पतालमा लागेको उपचार खर्च पनि ब्यहोर्ने सहमति भएको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारुले जानकारी दिए । सहमति भएसँगै मृतकका परिवारले शव बुझेर लगेको र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार