मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

फत्तेपुर दुर्घटना अपडेट
मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
५ माघ २०८१, शनिबार

बाँके । बाँकेको राप्ती सोनारीस्थित फत्तेपुरमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई क्षतिपूर्ति दिने विषयमा शनिबार सहमति भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको रोहबरमा मृतकका परिवार र बस ब्यवसायीबीच भएको छलफलमा प्रति परिवार ६ लाख ५० हजारका दरले क्षतिपुर्ति दिने सहमति भएको हो ।

सहमति भएसँगै परिवार तथा आफन्तले मृतकको शव पोष्टमार्टम गरेर घरमा लगेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी हिमराज बिकले जानकारी दिए । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा गत मंगलबार बेलुका नरैनापुरबाट नेपालगन्ज जादै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालक राप्ती सोनारी–७ फत्तेपुर, सर्रा निवासी २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २३ बर्षीय राजेश थारुको मृत्यु भएको थियो । क्षतिपुर्ति दिने विषयमा यसअघि सहमति नहुँदा मृतकका परिवार तथा स्थानीय बासिन्दाले हुलाकी राजमार्ग र पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

बस ब्यवसायीले क्षतिपुर्ति रकम बाहेक मृतकको पोष्टमार्टम र अस्पतालमा लागेको उपचार खर्च पनि ब्यहोर्ने सहमति भएको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारुले जानकारी दिए । सहमति भएसँगै मृतकका परिवारले शव बुझेर लगेको र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार