मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

एसइई परीक्षा मर्यादित र व्यवस्थित बनाउन जानकी गाउँपालिकाको अनुगमन

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१९३ मध्ये १८९ विद्यार्थी सहभागी
१९ चैत्र २०८२, बिहीबार

बाँके । आजदेखि देशभर सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत बाँकेको जानकी गाउँपालिकास्थित परीक्षा केन्द्रमा गाउँपालिकाले अनुगमन गर्दै परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिएको छ।

जानकी माध्यमिक विद्यालयमा स्थापना गरिएको परीक्षा केन्द्रको अनुगमन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले परीक्षा सञ्चालनलाई थप व्यवस्थित, अनुशासित र मर्यादित बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको हो।

शिक्षा शाखा प्रमुख कृष्णा भण्डारीका अनुसार यस परीक्षा केन्द्रमा जानकी गाउँपालिकाका ७ वटा तथा खजुरा गाउँपालिकाको १ विद्यालय गरी कुल ८ विद्यालयका १९३ जना विद्यार्थी सहभागी हुनुपर्नेमा १८९ जना विद्यार्थी मात्र परीक्षामा सहभागी भएका छन्।

अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, शिक्षा शाखा प्रमुख कृष्णा भण्डारी, वडा नं. ४ का अध्यक्ष रमेश कुमार बर्मा, सामाजिक विकास समितिका संयोजक राम अचल धोबी, शिक्षा शाखाकी सहायक अधिकृत झुमा कुमारी वली लगायतको सहभागिता रहेको थियो।

अनुगमन पश्चात गाउँपालिका अध्यक्ष छब्बन खाँले केन्द्राध्यक्ष चक्र बहादुर रावतलाई उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै हुने जानकारी दिँदै सिसिटिभी निगरानी र कडा सुरक्षाबीच व्यवस्थित रूपमा काम सम्पन्न गर्न निर्देशन दिनुभयो।

एसइई परीक्षाको पहिलो दिन विद्यार्थीहरूले अंग्रेजी विषयको परीक्षा दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार