मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

नेपालगञ्जमा बृहत् ट्राफिक सचेतना र्‍याली

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
नागरिकलाई सुरक्षित,सहज र मर्यादित यात्राका लागि प्रेरित गर्ने उद्देश्यले आज बिहान बृहत् र्‍याली निकालिएको हो ।
२३ फाल्गुन २०८१, शुक्रबार

नेपालगञ्ज । नेपालगञ्जमा बृहत् ट्राफिक सचेतना र्‍याली निकालिएको छ। नागरिकलाई सुरक्षित,सहज र मर्यादित यात्राका लागि प्रेरित गर्ने उद्देश्यले आज बिहान बृहत् र्‍याली निकालिएको हो । 

सयौँको सङ्ख्यामा उपस्थित विद्यार्थी र सरोकारवालासहित निकालिएको र्‍याली बिपी चोकबाट सुरु भई धम्बोझी चोकमा पुगेर समापन भएको थियो । सुरक्षित यात्रा नेपाल बुटवलको आयोजना र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा विभिन्न सचेतनामूलक प्ले(कार्डसहित बृहत् र्‍याली निकालिएको थियो । त्यसक्रममा जेब्रा क्रसिंग कसरी गर्ने, जेब्रा क्रसिंगमा हुने लापरबाहीले निम्त्याउने दुर्घटनाका विषयमा कृत्रिम घटना अभ्यास समेत गराएर प्रदर्शन गरिएको थियो । 

सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेलबासेको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले सडक दुर्घटनाको अवस्था भयावह बन्दै गइरहेकोले नागरिक स्वयम् सचेत र सजग बन्नुपर्नेमा जोड दिएका छन् । 

नगर प्रमुख विष्टले प्रत्येक नागरिकले इमानदारीपूर्वक सडक अनुशासन पालना गर्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक नियम पालना गरी सुरक्षित, सहज र मर्यादित यात्रा गर्न सबैलाई आह्वान गर्नुभयो । सघन सहरी क्षेत्रमा ट्राफिक चाप धेरै हुने भएकाले दुर्घटनाको जोखिम बढी हुने विष्टको भनाई छ । नेपालगन्जमा ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गइरहेको बताउनुभयो । 

कार्यक्रममा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले ट्राफिक नियमको पालना र सडक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार