मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

जनमत पार्टीले इलाम-२ मा थाम्सुहाङलाई उम्मेदवार बनाउने

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
१२ चैत्र २०८०, सोमबार

काठमाडौँ । जनमत पार्टीले इलाम-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले पहिचानवादीहरूका साझा उम्मेदवारका रूपमा थाम्सुहाङलाई अगाडि सारिएको बताएका छन् । 

प्रेमदीप किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्षसमेत हुन् । जनमतले आधिकारिक उम्मेदवारका रूपमा अगाडि सारेपछि प्रेमदीपले आफ्ना प्रतिबद्धतासमेत सार्वजनिक गरिसकेका छन् । साथै उनी प्रचार-प्रसारमा समेत लागिसकेका छन् ।

प्रेमदीपले प्रदेशको नाम 'किरात लिम्बुवान' राख्न संसद्‍मा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै चुलाचुलीमा इलाका प्रशासन र मालपोत कार्यालयको स्थापना गर्ने उनको प्रतिबद्धता छ ।

प्रतिनिधिसभातर्फ इलाम निर्वाचन क्षेत्र–२ र प्रदेशसभातर्फ बझाङको निर्वाचन क्षेत्र–१ (१) मा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको हो । एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम–२ रिक्त थियो ।

त्यस्तै बझाङमा कांग्रेसबाट निर्वाचित प्रदेश सांसद पृथ्वीबहादुर सिंहको गत असार २५ मा निधन भएकाले रिक्त भएको थियो । एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको एमालेको सचिवालय बैठकले उम्मेदवार चयन गर्नुका साथै सत्ता गठबन्धनमा सहभागी दलहरूको समर्थन जुटाउने कसरत थालेको हो । सुहाङ एमाले नेता नेम्वाङकै कान्छा छोरा हुन् । कानुन व्यवसायी उनले पार्टीले उम्मेदवार बनाउनु अघिदेखि नै चुनावी दौडधुप थालिसकेका छन् ।

त्यस्तै पहिचानवादी पक्षधरबाटै डकेन्द्रसिंह लिम्बूले पनि उम्मेदवारी दिने बताएका छन् । उनले पनि प्रचारप्रसार थालिसकेका छन् । उनलाई जसपाले समेत साथ दिने बताइएको छ ।

गठबन्धनको अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने मित्रवत् प्रतिस्पर्धा गर्ने बताएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीले पनि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय गरिसकेको छैन । कांग्रेसले भने यसअघि सुवास नेम्वाङसँग ११४ मतले पराजित डम्बर खड्कालाई नै उम्मेदवार बनाउने चर्चा रहे पनि टुंगोमा पुगेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार