बाँके । स्थानिय तहको निर्वाचनको सरगर्मी बढेको छ । नेपालगंजमा पनि निर्वाचनको सरगर्मी बढेसँगै मेयरका आकांक्षीहरु बढ्न थालेका छन् । राप्रपाका युवा नेता मोहम्मद सफिक बेहना नेपालगंज उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका छन् । उनीसँगै मेयरका आकांक्षी ६ देखि ७ जना देखिएका छन् ।
सबै नेपालीलाई रुवाउने यो भिडियो एकपटक हेर्नुस
तर ती ६ देखि ७ जना उम्मेदवार भन्दा बेहना बलिया उम्मेदवार हुन् । भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको अभाव सुरु भएको थियो । त्यो संकटको समयमा तीनै तहका सरकार कानमा तेल हालेर सुतेका थिए भने बाँकेबाटै निर्वाचित प्रदेश र संघीय सभा सदस्यहरु समेत गुप्तबास बसेका बेला नेपालगन्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले भेरी अस्पताललाई अक्सिजन सिलिण्डर खरीदका लागि दुई लाख रकम हस्तान्तरण गरेर बिरामीको ज्यान बचाउनमा खेलेको भूमिकाको देशभरी नै प्रशंसा हुन पुग्यो ।
बाँके जिल्ला कोभिड संक्रमणले घेरिरहदा उनी चुपचाप बस्नै सकेन्न । उनले वडामा एमबीबिएस डाक्टर सहितको आईसोलेसन समेत संचालन गरेर दर्जनौ संक्रमीतहरुको ज्यान बचाउन सफल बनेका थिए । नेपालगन्ज उपमहानगरपालिकामा मात्रै होइन, सम्भवत यसरी एमबिबिएस डक्टर सहित आइसोलेसन हस्पिटल निर्माणको लागि यस्तो कदम देशमै नमुना कार्य भएको जानकारहरु बताउँछन् ।
कोरोना कालमा खाना नपाएर छटपटिएका नागरिकहरुलाई खाद्यान्न लगायत ग्यास खरिदका लागि नगद पैसा समेत दिएर मानवीय कार्यको उदाहरण प्रस्तुत गरेका थिए । केही व्यक्ति फोटो खिचाउनका लागि ५ किलो चामल बाढे भने बेहनाले फोटो भन्दा खाना नपाएर छटपटाई रहेका व्यक्तिहरुलाई सहयोग गर्न पछि परेन्न । कोरोनाकालका योद्धाको नामले परिचित बनेका थिए बेहना ।
बेहना राजनितिसँगै एक कुलशल व्यवसायी पनि हुन् । बेहना निर्वाचित वडा अध्यक्ष हुन । बेहना मेयरको पाउने निश्चित भएको छ । नेपालगंज क्षेत्रको विकासका लागि अगाडि बढ्न सक्ने ताकत आफुमा रहेकोे बेहना बताउँछन् ।
बेहनाले भने ‘काम गर्नका लागि चुनौति हुँदाहुँदै पनि वडा अध्यक्ष भएर काम गरेका थुप्रै अनुभव भएकाले सहज रुपमा नेपालगंज क्षेत्रको विकासका गर्न सकिन्छ, टिकट दिएमा म निर्वाचन जितेर विकास गरेर देखाउँछु । ’
राप्रपामा पछिल्लो समय युवा आकर्षण बढ्दो छ । राप्रपाको महाधिवेशनले पनि युवालाई नेतृत्व दिए पछि देश नै राप्रपामय बन्न पुगेको छ ।
उनलेभने,‘अब समाज रुपमान्तरणका लागि फरक ढंगले सोच्न आवश्यक छ । त्यसका लागि मसंग विगतमा काम गरेको अनुभव छ । नेपालगंजले पनि सबैको मन जित्न सक्ने सामाजिक व्यक्तिको खोजी गरेको छ । त्यसकारणले पार्टीले मलाई टिकट दिन्छ भन्नेमा म ढुक्क छु ।’
१२ बालबालिकाको शिक्षाको जिम्मा बेहनाको काँधमा
बहेना राजनितिक सँगै सामाजिक कार्यमा पनि उतिकै व्यस्त छन् । बेहना शिक्षा र स्वास्थ्यलाई अगाडी लैजान सकेमा अन्य विकास गर्न झनै सजिलो हुने बताउँछन् । उनले १२ जना बिपन्न परिवारका बालबालिकालाई कक्षा १० सम्म पढाउने जिम्मा लिएका छन् ।
बेहनाले नेपालगंजको वडा नं. ४ का १२ बालबालिकालाई १० कक्षासम्मको पठाइ खर्चका सम्पुर्ण जिम्मेवारी बेहनाले लिएका छन् । त्यस क्षेत्रका बिशेष गरी मधेशी र मुस्लिम जनताहरुको गरिबीका कारण आर्थिक अवस्था कमजोर हुदाँ आफ्ना छोराछोरीलाई शिक्षा दिन सकेका छैन् ।
‘शिक्षक र अभिभावकले समेत त्यस वडामा पुग्दा कतिपय बालबालिकाले आर्थिक अभावकै कारण पढाई छोड्न बाध्य भएको कुरा गर्नु भयो,’ बेहनाले भने ‘ त्यसैले मैले हरेक टोलबाट एक एक जना गरि १२ जना बालबालिकालाई सामुदायिक विद्यालयमा १० कक्षा सम्म पढाउने जिम्मा लिने निर्णय गरेको हुँ ।’ कक्षा १० उत्तिर्ण गरेपछि उनीहरुको अवस्था र चाहाना हेरेर थप निर्णय गर्ने बेहनाको भनाई छ ।
वडा अध्यक्ष निर्वाचित भए पछि बेहनाले ४ नं. वडालाई नमूना वडा बनाउने योजना सफल भएको बताए । उनले भने वडामा सडक, ढल निकास संगै बालिकाहरुले अध्ययन गर्ने बिद्यायल र वडामा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्न सफल भएको छु ।
स्थानीय तहको निर्वाचन बैशाख ३० गते तोकिएपछि राप्रपा पार्टीभित्र वडा अध्यक्षदेखि मेयर, उपमेयरको टिकटका लागि दौडधुप सुरू भएको छ । अब टिकट कस्तो उम्मेदवारलाई दिने हो त्यो भन्ने हेर्न बाँकी नै छ ।