मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

‘सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत डुडुवामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
६ पौष २०८१, शनिबार

बाँके  । बाँकेको डुडुवा गाउँपालिका १ होलियामा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २ सय ८८ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेद्वारा शनिबार होलियामा आयोजन गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा १ सय ५२ महिला र १३६ पुरुषले स्वास्थ्य परीक्षण गराएका हुन्।

विशेषज्ञहरूको उपस्थितिमा साधारण स्वास्थ्य परीक्षण, नाक कान घाँटी, दाँत, आँखा तथा अन्य रोगहरुको परीक्षण गरिएको थियो। 

शिविरमा स्वास्थ्य परीक्षण गराउनेमा महिला, वृद्ध वृद्धा र बालबालिकाको संख्या बढी भएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक बिमल डाँगीले जानकारी दिनु भयो । 

‘सशस्त्र प्रहरी बल नेपालको सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत नेपाल एपिएफ अस्पतालका विशेषज्ञ चिकित्सकहरुद्धारा निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै शिविरमा आवश्यकता अनुसार औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।

सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र अन्य समस्याहरूको सम्बोधन गर्न स्थानीय सरकारको सहकार्यमा सशस्त्र प्रहरीले कार्य गर्ने गरी सो कार्यक्रमको सुरुवात गरेको प्रहरी उपरीक्षक डाँगीले बताउनु भयो । धेरै लामो समयदेखि सीमाको रक्षा केवल स्थानीय सीमावासीकै कारण सम्भव भएको बताउँदै उहाँले सीमावासीको योगदानको सम्मान गर्दै सशस्त्र प्रहरीले सिमावासीहरुको साथ र सहयोगमा आपराधिक गतिविधि नियन्त्रणमा कार्य गर्ने जिकिर गर्नु भयो । शिविरमा बिओपी खडैचाका प्रहरी निरिक्षक आश कुमार कुमालले डुडुवाको सबै भन्दा बिकट मानिएको कृषि चौफेरी, पाझा लगायतका स्थानीयहरुलाई लक्षित गरी शिविर आयोजना गरिएको बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार