मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री वालेन्द्र शाह

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
२५ चैत्र २०८२, बुधवार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूसँगको सम्बन्धलाई अझ मजबुत, विश्वासयोग्य र पारस्परिक लाभमा आधारित बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सामूहिक शिष्टाचार भेटघाटका अवसरमा प्रधानमन्त्री शाहले नेपालले सबै मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो। उहाँले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको निरन्तर अनुसरण गर्दै नेपाल साझा समृद्धिको लक्ष्यतर्फ अघि बढिरहेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री शाहले भन्नुभयो, “नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ। हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ। नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकोमा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।”

उहाँले विश्वका विभिन्न भागमा जारी द्वन्द्व र अस्थिरताले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी पीडा पुर्‍याइरहेको उल्लेख गर्दै शान्तिलाई साझा प्राथमिकता बनाउनुपर्नेमा विशेष जोड दिनुभयो।

प्रधानमन्त्री शाहले भन्नुभयो, “चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ। यस दिशामा सबै पक्षबाट सामूहिक प्रयास आवश्यक छ।”

यस अवसरमा प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीमैत्री वातावरण निर्माण, उद्यमशीलताको प्रवर्द्धन तथा दिगो विकासका लक्ष्यलाई प्रभावकारी रूपमा अघि बढाउन कटिबद्ध रहेको बताउनुभयो। साथै, राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा विश्व आर्थिक संरचनासँग अझ सशक्त रूपमा जोड्ने सरकारको लक्ष्य रहेको पनि स्पष्ट पार्नुभयो।

उहाँले नयाँ सरकार गठन हुनु भनेको नीतिगत निरन्तरतामा कुनै विच्छेद नहुने स्पष्ट गर्दै राजनीतिक स्थायित्व र पूर्वानुमानयोग्य नीतिगत वातावरण कायम राख्न सरकार दृढ रहेको बताउनुभयो।

प्रधानमन्त्री शाहले विकास, व्यापार, लगानी, जलवायु परिवर्तनसम्बन्धी कार्य तथा जनस्तरको सम्बन्ध विस्तारजस्ता क्षेत्रमा मित्र राष्ट्रहरूसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने जानकारी दिनुभयो। विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित संरक्षण पनि सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ थियो।

यो भेटघाटले नेपाल र मित्र राष्ट्रहरूबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार