मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री वालेन्द्र शाह

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
२५ चैत्र २०८२, बुधवार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूसँगको सम्बन्धलाई अझ मजबुत, विश्वासयोग्य र पारस्परिक लाभमा आधारित बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सामूहिक शिष्टाचार भेटघाटका अवसरमा प्रधानमन्त्री शाहले नेपालले सबै मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो। उहाँले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको निरन्तर अनुसरण गर्दै नेपाल साझा समृद्धिको लक्ष्यतर्फ अघि बढिरहेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री शाहले भन्नुभयो, “नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ। हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ। नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकोमा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।”

उहाँले विश्वका विभिन्न भागमा जारी द्वन्द्व र अस्थिरताले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी पीडा पुर्‍याइरहेको उल्लेख गर्दै शान्तिलाई साझा प्राथमिकता बनाउनुपर्नेमा विशेष जोड दिनुभयो।

प्रधानमन्त्री शाहले भन्नुभयो, “चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ। यस दिशामा सबै पक्षबाट सामूहिक प्रयास आवश्यक छ।”

यस अवसरमा प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीमैत्री वातावरण निर्माण, उद्यमशीलताको प्रवर्द्धन तथा दिगो विकासका लक्ष्यलाई प्रभावकारी रूपमा अघि बढाउन कटिबद्ध रहेको बताउनुभयो। साथै, राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा विश्व आर्थिक संरचनासँग अझ सशक्त रूपमा जोड्ने सरकारको लक्ष्य रहेको पनि स्पष्ट पार्नुभयो।

उहाँले नयाँ सरकार गठन हुनु भनेको नीतिगत निरन्तरतामा कुनै विच्छेद नहुने स्पष्ट गर्दै राजनीतिक स्थायित्व र पूर्वानुमानयोग्य नीतिगत वातावरण कायम राख्न सरकार दृढ रहेको बताउनुभयो।

प्रधानमन्त्री शाहले विकास, व्यापार, लगानी, जलवायु परिवर्तनसम्बन्धी कार्य तथा जनस्तरको सम्बन्ध विस्तारजस्ता क्षेत्रमा मित्र राष्ट्रहरूसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने जानकारी दिनुभयो। विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित संरक्षण पनि सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ थियो।

यो भेटघाटले नेपाल र मित्र राष्ट्रहरूबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार