मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नेपालगञ्ज ४ मा मनाइयो पृथ्वी जयन्ती

महमूद आलम खान 1133+ समाचार ( )
वडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले पृथ्वी नारायण शाहले प्रदान गरेको राष्ट्रिय एकताको संदेश उत्तिकै सान्दर्भिक रहेको बताए
२७ पौष २०७८, मङ्गलबार

बाँके । एकीकृत नेपालका निर्माता पृथ्वी नारायण शाहको ३०० औं जन्म जयन्ती नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा एक कार्यक्रमको आयोजना गरेर मनाइएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा बिभिन्न सामाजिक अगुवाहरुले राष्ट्रिय एकताको सन्दर्भमा पृथ्वी जयन्तीको महत्व माथी प्रकाश पारेका थिए । 

कार्यक्रमका प्रमुख अतिथी नेेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले पृथ्वी नारायण शाहले प्रदान गरेको राष्ट्रिय एकताको संदेश उत्तिकै सान्दर्भिक रहेको बताए । ऐतिहासिक मूल्य मान्यताको संरक्षण स्वरूप नै नेपाल सरकारले आजको दिनलाई सार्वजनिक विदा दिनु पर्ने हो तर सरकारले बिदा नदिएको प्रति दुुःख व्यक्त गर्दै उनले सरकारले बिदा नदिए पनि आफ्नो वडामा सार्वजनिक बिदा दिन पाउदा खुशी लागेको बताए ।

कार्यक्रममा वडा सदस्य इन्दिरा शाहीले अनेकतामा एकता बोकेको पृथ्वी जयन्ती मनाउनु सुखद रहेको उल्लेख गरे । उहाँले गोर्खाका राजा पृथ्वीनारायण शाह भन्दा पहिले र पछिको ऐतिहासिक पृष्ठभूमिको बिबेचानात्मक चर्चा परिचर्चा गरेका थिए ।

समाजसेवी तथा राप्रपाका नेता रवि वर्माले पृथ्वी नारायण शाहलाई नेपाल एकीकरणको दौरान युद्दमा अपनाईएको युद्द रणनितीका आयाम हरुलाई गलत ब्याख्या गर्दै उनको विरोध गर्नु अशोभनीय रहेको बताए ।

कार्यक्रममा वडा सचिव राजकुमार कार्की, लेखा अधिकृत हिरा सिंह डाँगी, झरना भट्टराई, उस्मान लगायतले मन्तब्य दिदै नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको ऐतिहासिक योगदानको चर्चा गरेका थिए ।

पृथ्वी जयन्तीको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक बिदा दिन नसके पनि नेपालगञ्जको ४, ५ र ८ बडाले सार्वजनिक बिदा दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार