मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

चीनको युनान प्रान्तले भुकम्प पिडितलाई ५० हजार अमेरिकी डलर दिने

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२२ कार्तिक २०८०, बुधवार

काठमाडौं । जाजरकोट र रुकुम भुकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँगको औपचारिक भेटवार्ताका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले सहयोगको घोषणा गरेका हुन् ।

भेटका क्रममा सचिव वाङ निङले असल छिमेकीको हिसाबले नेपाललाई दैवी प्रकोपमा सहयोग गर्न तत्पर रहेको उल्लेख गरे । उनले युनान प्रान्त कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसग साट्न आफुहरु तयार रहेको बताए । अध्यक्ष नेपालले पनि सहयोगका धन्यवाद दिँदै कृषिमा युनानले प्राप्त गरेको उपलब्धीलाई नेपाले सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको आमन्त्रणमा अध्यक्ष नेपाल, उपाध्यक्षसमेत रहेका कृषिमन्त्री वेदुराम भुसालसहितको १५ सदस्यीय टोली साताव्यापी चीन भ्रमणमा छ ।

एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीलाई चीनले पहिलोपटक औपचारिक आमन्त्रण गरेको हो । यस क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरुसँग भेटघाट हुने कार्यक्रम रहेको उपाध्यक्ष भुसालले जानकारी दिए ।

उनले भने, ‘हाम्रो पार्टीलाई चीनले महत्व दिएको पायौँ । भेटघाट सुरु भएको छ । नेताहरुसँग भेट्ने देश र पार्टी हितका विषय कुरा हुँदैछन् । उहाँहरुको व्यवहारले हामीलाई उत्साहित बनाएको छ ।’

बिहीबार कुङ्मिङमा राजनीति दल र कृषि कोअपरेशन भन्ने विषय चिनियाँ कम्युनिष्ट पार्टीले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । उक्त सम्मेलनलाई पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सम्बोधन गर्नेछन् ।

सम्मेलनमा भाग लिन एसियाका ११९ वटा पार्टीका प्रतिनिधि कुङ्मिङ आइपुगेको बताइएको छ । नेपालबाट काङ्ग्रेस र राप्रपासहितका दलका प्रतिनिधिले पनि सम्मेलनमा सहभागी जनाउने भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार