मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नरैनापुरलाई शैक्षिक हब बनाउने अध्यक्ष शाहको प्रतिबद्धता

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
नरैनापुरको आदर्श विद्यालयमा शैक्षिक सामाग्री वितरण
७ पौष २०७९, बिहीबार

नरैनापुर । ग्रामिण बिकासको लागि चाइना फाउण्डेसनको आर्थिक सहयोगमा बेसले नरैनापुरको आर्दश माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई बिहिबार झोला तथा शैक्षिक सामाग्री बितरण गरेको छ । 

मधेशी, दलित र मुस्लिम समूदायका बालवालिकाको शैक्षिक प्रोत्साहनका लागि बेसले शैक्षिक सामाग्री बितरण गरेको जनाएको छ ।

आर्दश माध्यमिक बिद्यालय नरैनापुरमा भएको शैक्षिक सामाग्री बितरण कार्यक्रममा बेसकि केन्द्रीय सदस्य संगिता थारुले बिद्यार्थीको शैक्षिक प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री बितरण गर्दै आईरहेको जानकारी दिनु भयो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले यसप्रकारको सहयोगले गरिव तथा बिपन्न बर्गका वालवालिकाको शैक्षिक प्रोत्साहनमा टेवा पुग्ने बताउनु भयो । उहाँले सहयोग सानो ठुलो नभई बिद्यार्थीको शैक्षिक मनोबिज्ञानमा समेत परिवर्तन आउने दावी गर्नु भएको थियो ।

अध्यक्ष शाहले नरैनापुर दुर्गम क्षेत्रको नामबाट चिनिए पनि अब शैक्षिक क्षेत्रको हबको रुपमा नरैनापुरलाई विकास गर्ने बताउदै आर्दश माध्यमिक विद्यालयलाई इण्टर कालेज बनाउने र कन्या विद्यालयको निमार्णका लागि ढेक्का भई सकेकोले निकट भविष्यमा संचालनमा आउने जानकारी दिनु भएको थियो । 

गाँउपालिका अध्यक्ष शाहले शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै मधेशी, मुस्लिम,दलित र पिछडिएको समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउनका लागि नरैनापुर गाँउपालिका गम्भीर भएर लागेको बताउदै उहाँले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने जिकिर गर्नु भएको थियो । 

नरैनापुर २ का वडा अध्यक्ष मसुद अहमद शाहले चाइना फाउण्डेसनको आर्थिक सहयोगमा शैक्षिक सामाग्री बितरण गर्नुले विद्यार्थीमा थप हौसला प्रदान गरेको बताउनु भयो । उहाँले यो सहयोग बिद्यार्थीको लागि अविष्मरणीय रहने भन्दै सहयोगी मनहरुलाई हार्दिक कृतज्ञता समेत ब्यक्त गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार