मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

राप्रपा महाधिवेशन: संशोधित विधान अनुमोदन, मुस्लिमलाई ३ सिट

महमूद आलम खान 1133+ समाचार ( )
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको बन्दशत्रले संशोधित विधानलाई अनुमोदन गरेको छ ।
१५ मंगशिर २०७८, बुधवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको बन्दशत्रले संशोधित विधानलाई अनुमोदन गरेको छ । बुधबार शुरु भएको महाधिवेशनले निरन्जन थापा नेतृत्वको समितिले तयार पारेको विधान संशोधनलाई अनुमोदन गरेको हो ।

अब राप्रपाले पहिलो पटक अध्यक्षबाहेकका अरु पदाधिकारी पनि निर्वाचनबाट चयन गर्ने भएको छ । महाधिवेशनबाट पारित विधान अनुसार अब राप्रपाको केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, १ जना कोषाध्यक्ष प्रवक्ताहरु, ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १९९ सदस्यीय कार्यसमिति हुनेछ ।

जसमध्ये अध्यक्ष, एक महिलासहित ४ जना उपाध्यक्ष, एक महिलासहित ३ जना महामन्त्री निर्वाचनबाट चयन हुने राप्रपाको प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए । राप्रपको इतिहासमा अध्यक्षबाहेकका पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको यो पहिलोपटक हो ।

त्यस्तै १९९ सदस्यीय केन्द्रीय समितिको ७५ प्रतिशत अर्थात १४९ जना पनि निर्वाचनबाट चयन हुनेछन् । निर्वाचनबाट आउने पदाधिकारी घटाउँदा १४१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन् । जसको ३३ प्रतिशत महिला हुनेछन् ।

राप्रपाले जाति र क्षेत्रका आधारमा पनि केन्द्रीय समितिमा आरक्षण दिएको छ । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये खुलातर्फ ५८ जना, आदिवासी जनजाति १४ जना (८ पुरुष र ६ महिला), मधेसी ११ जना (६ पुरुष, ५ महिला), उत्पीडित ३ जना (२ पुरुष १ महिला), कर्णाली तथा पिछडिएको क्षेत्र २ जना (एक महिला एक पुरुष) मुस्लिम ३ जना (२ पुरुष एक महिला), थारु २ जना (एक पुरुष एक महिला) र प्रवासबाट २ जना निर्वाचित हुनेछन् । पार्टीका २५ प्रतिशत केन्द्रीय सदस्य भने पछि मनोनीत हुनेछन् ।

महाधिवेशनको बन्दशत्रमा अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदन, अर्का अध्यक्ष पशुपतिशम्शेर जबराको सामाजिक प्रतिवेदन र डा. प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदन पेश भएको छ ।

ती प्रतिवेदनमाथि बिहीबार विहान छलफल हुने नेता मोहम्मद सफिक बेहनाले बताए । यी प्रतिवेदन पारित भएपछि निर्वाचन कार्यक्रम सुरु हुनेछ । राप्रपा महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार