नरैनापुरको मटेहियामा आगलागी : तीन परिवारको घर पूर्णरूपमा नष्ट

यूथ टुडे समाचारदाता 3447+ समाचार ( )
११ असार २०८३, बिहीबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा बुधबार भएको आगलागीमा तीन परिवारका घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट ठूलो भौतिक क्षति भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक सुरेश कोइरालाका अनुसार आगलागीबाट माया राम तेली, वंशी तेली र पट्टर यादवको घर पूर्णरूपमा जलेर नष्ट भएको हो। आगलागीको कारण तथा क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

आगलागीको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा तथा नरैनापुर गाउँपालिकाको दमकल परिचालन गरिएको थियो। संयुक्त प्रयासबाट आगोलाई नियन्त्रणमा लिइएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अरबिन्द कुमार यादवले जानकारी दिनुभयो।

स्थानीयवासी, सुरक्षा निकाय र दमकलको सक्रियताका कारण आगो अन्य घरहरूमा फैलिन नपाई नियन्त्रणमा आएको बताइएको छ। प्रभावित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने विषयमा सम्बन्धित निकायले पहल गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार