मुख्य समाचार
दोलखामा बाढीपहिरोमा परी एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा | नरैनापुरका आमाको रोजाइ बन्यो वर्थिङ सेन्टर, सुरक्षित सुत्केरीमा नयाँ कीर्तिमान | नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न | फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न | कोलकाताबाट डिएपी मलको ढुवानी सुरु, भोलि १,२५० मेट्रिक टन नेपालमा | काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ | कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी |

विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा

यूथ टुडे समाचारदाता 3503+ समाचार ( )
२२ जेठ २०८३, शुक्रबार

बाँके । विश्व वातावरण दिवसको अवसरमा बाँकेको जानकी गाउँपालिका–३ स्थित कन्या माध्यमिक विद्यालय परिसरमा वृहत् वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले विद्यालय परिसरमा संयौ बिरुवा रोपिएको हो।

जानकी गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समिति, बिग्रुप पोषण परियोजनालगायत आधा दर्जन संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा विद्यालय परिसर र आसपासका क्षेत्रमा सरसफाइसँगै वृक्षारोपण गरिएको थियो।

विपद् शाखा संयोजक राजेन्द्र सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, सामाजिक विकास समितिका संयोजक राम अचल धोबी, योजना शाखा प्रमुख शोभा पौडेल, विपद् शाखा प्रमुख राजेन्द्र बाजपेयी, कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालती कुमारी शाही, खानेपानी शाखा प्रमुख हरिश्चन्द्र जोशी, इलाका प्रहरी कार्यालय खजुराखुर्दका बरिष्ठ साइ , बिग्रुप परियोजनाकी सीता विश्वकर्मा, एसडिएफका सहजराम यादव लगायत शिक्षक, विद्यार्थी तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत मधुमालती, निम, आँप र गुलमोहरका बिरुवा रोपिएका छन्। वृक्षारोपण अभियानमा गाउँपालिका कर्मचारी, नेपाल प्रहरीका प्रतिनिधि तथा सयौँ विद्यार्थी सक्रिय रूपमा सहभागी भएका थिए।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले सार्वजनिक विद्यालयलाई हराभरा र वातावरणमैत्री बनाउने लक्ष्यका साथ वृक्षारोपण गरिएको बताउनुभयो। उहाँले सबैको सहकार्यमा रोपिएका बिरुवाको संरक्षण विद्यालयले गर्ने तथा आगामी दिनमा पनि खाली स्थानहरूमा वृक्षारोपणलाई निरन्तरता दिँदै “हराभरा जानकी” निर्माण अभियान अघि बढाइने उल्लेख गर्नुभयो।

विपद् व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र सिंहले विभिन्न संघसंस्थाको सहयोगले वृक्षारोपण अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न सहज भएको बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

विश्व वातावरण दिवसको अवसरमा सञ्चालन गरिएको यस अभियानले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै विद्यालय परिसरलाई थप हरियाली र आकर्षक बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सोही अवसरमा पालिकामा वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार