मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

जनताको इच्छाअनुसार संघीयता कार्यान्वयन हुन सकेन् - उपेन्द्र यादव

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१७ पौष २०८१, बुधवार
बाँके । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानलाई प्रभावकारी बनाउन गाउँ केन्द्रित कार्यक्रम संचालन गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । 

अध्यक्ष यादवले बुधबार बाँकेको नेपालगंजमा जसपा नेपालले आयोजना गरेको संगठन बिस्तार आधारभूत अभियान अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै भन्नुभयो, "जनताको इच्छाअनुसार संघीयता कार्यान्वयन हुन सकेको छैन ।" उहाँले मुलुकमा प्रदेश स्थापना भए पनि सीमित अधिकारका कारण अझै पनि जनताले संघीयताको अनुभुति गर्न नपाएको बताउनु भयो ।

अध्यक्ष यादवले न्याय र समानता लोप हुँदै गएको र महिला हिँसाका घटनाहरु दिनप्रतिदिन बढीरहेको प्रति चिन्ता व्यक्त गर्दै कार्यकर्ताहरुलाई जनअपेक्षा अनुरुप काम गर्न निर्देशन दिनु भयो । 
अध्यक्ष यादवले सरकार परिवर्तन गरेर मात्र देशले विकास र निकास नपाउने दावी गर्नु भयो । उहाँले नेपाल कृषिप्रधान देश भए पनि मल, बीउ र कृषि उपकरणको अभावका कारण किसान र मजदुरहरु मर्कामा परेको जिकिर गर्नुभयो ।
उहाँले ‘जनतालाई अधिकार सम्पन्न बनाउन पुनः जनताका मुद्दा लिएर घरदैलोमा पुग्छौँ, परिवर्तनको संघर्षमा होमिन कार्यकर्ताहरु संग अपिल गर्दछु ।’, उहाँले क्षेत्र, जनसङ्ख्याको आधारमा राज्यका निकायमा सहभागी गराउनुपर्ने माग गर्दै संविधानलाई समयसापेक्ष परिमार्जन गर्न अपरिहार्य रहेको र सबै राजनीतिक दलको समझदारीबाटै त्यसलाई अगाडि बढाइनुपर्ने धारणा राख्नु भएको थियो ।  
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्यहरु इस्तियाक अहमद शाह, अम्बिका काफ्ले, जिल्ला अध्यक्ष कौशल कुमार धोबी, सचिव सुर्यलाल यादव लगायतले बोल्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार