न्यायका लागि संघर्षरत रुबि खान बहुविवाहको आरोपमा पक्राऊ

महमूद आलम खान 1133+ समाचार ( )
काठमाडौंमा पक्राउ परेकि रुबिलाई नेपालगञ्ज ल्याइयो
२३ अशोज २०७८, शनिबार

बाँके । मुस्लिम विकास चेतना केन्द्रमा कार्यरत रुबी खानलाई बहुविवाह मुद्दामा काठमाडौंबाट पक्राउ गरि शनिबार नेपालगन्ज ल्याइएको छ ।

महिला अधिकारकर्मीको रुपमा पहिचान बनाएकी खान नन्कुनी धोवि र निर्मला कुर्मीको हत्या भएको भन्दै नेपालगन्जबाट पैदल हिडेर २० दिन पछि काठमाडौं पुगेकि  खानलाई शुक्रबार खाना खादै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेको कमाण्डमा काठमाडौं पुगेको प्रहरीको टोलीले बहुविवाह मुद्दामा पक्राउ गरी शनिबार  जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याएर हिरासतमा राखिएको छ ।

रुवीले आफ्नो विवाह परसपुरकस मोहम्मद शेर बागवानसंग भएको र सम्बन्ध विच्छेद गरिपाउँ भनि जिल्ला अदालत बाँकेमा निवेदन दर्ता गराएपछि अदालतले श्रीमती भनिएकी रुबी खानलाई बहुविवाहमा पक्राउ गरि अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय बाँकेलाई आदेश दिएको थियो । मोहम्मद शेर बागवान र बागवानकी कान्छी श्रीमती भनिएकी रुबीका नाममा बाँके प्रहरीले वारेन्ट जारी गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार