मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |
मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |


नरैनापुर गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, निति, कार्यक्रम तथा बजेट पारित

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
९ असार २०८२, सोमबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न भएको छ । आज सोमबार गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले १८ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/ ०८३ को नीति तथा कार्यक्रम पेश गर्नुभएको छ ।

कार्यक्रममा सभाका सदस्य एवं वडा नं ६ का वडा अध्यक्ष प्रेम मौर्यले ५१ करोड ६३ लाख ३८ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो भने सभाले सर्वसम्मत रुपमा निति कार्यक्रम तथा बजेट पारित गरेको थियो । 

नीति कार्यक्रममा कृषितर्फ ‘कृषि उपज बजारसम्म- मुनाफा किसानको खल्तिसम्म’ पुग्नेगरी मूर्त र वस्तुवादी कार्यक्रम बनाउने नीति गाउँपालिकाले ल्याएको छ । कृषि पकेट क्षेत्रको विकास र विस्तार गर्दै एक टोल एक उत्पादन कार्यक्रम तर्जुमा गर्ने, किसान सूचिकरण तथा परिचय पत्र वितरणको कामलाई यथाशिघ्र लागु गर्ने, कृषि सहकारीलाई CoPoMis मा आवद्ध गर्न आवश्यक कार्यक्रम बनाउने, पूर्वाधार एम्बुलेन्सको व्यवस्था गर्ने, रैथाने बालीको संरक्षण गर्ने र जैविक खेती किसानको कार्यक्रम लागु गर्ने नीति ल्याएको छ ।

यस्तै शिक्षातर्फ ‘शिक्षा विशेष’ कार्यक्रमलाई निरन्तरता दिदै प्रविधिमैत्री, संस्कृतीमैत्री शिक्षा कार्यक्रमलाई जोड दिदै सामुदायिक विद्यालयमा पुर्वाधारयुक्त प्रविधिमा आधारित गुणस्तरीय र व्यवहारिकरवैज्ञानिक शिक्षा शिक्षण पद्धती सञ्चालन गर्ने, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न दलित, विपन्न, द्धन्द्धपिडित असाहाय छात्रछात्रालाई प्रोत्साहन गर्न पोसाक तथा शैक्षिक सामाग्री वितरणलाई सहज र सुलभ बनाइने नीति नरैनापुर गाउँपालिकाले लिएको छ ।

शिक्षक तथा विद्यार्थीहरुमा भाषिक शुद्धता र स्पष्ट रुपमा वर्ण मिलाई लेखन सिप विकास गर्न अक्षर सुधार कार्यक्रमलाई क्रमस पालिका भरका सबै विद्यालयहरुमा विस्तार गर्ने निति बनाएको छ ।

स्वास्थ्यतर्फ किशोरी, गर्भावस्था र सुत्केरी स्वास्थ्य सचेतना एवं बहुक्षेत्रिय पोषण कार्यक्रम सञ्चालन गर्ने, बर्थिङ सेन्टर र प्रयोगशालाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित बनाउने, १५ शैयाको अस्पताललाई भौतिक पूर्वाधार सहित दक्ष जनशक्तिको व्यवस्थापन गरी संचालन गर्न विशेष व्यवस्था गर्ने नीति गाउँपालिकाले ल्याएको छ ।

पर्यटनतर्फ जिल्लाकै हब बनाउने घोषणा गर्दै थप विकासका ढोका खोलेको उल्लेख गर्दै सन्तानेश्वर, बर्फानी बाबालाई सदरमुकाम संग जोड्ने कार्यलाई निरन्तरता दिने साथै पर्यटकिय मार्गलाई प्रवर्द्धन गर्न संघ र प्रदेश सरकारसँगको सहकार्यमा विशेष कार्यक्रमहरु सञ्चालन गर्ने, रुट गाइड, सूचना केन्द्र सञ्चालन लगाएतका सिपमुलक तालिम सञ्चालन गर्ने, नीजि क्षेत्रसँगको सहकार्यमा सञ्चालन कार्य अघि बढाउने नीति नरैनापुर गाउँपालिकाले ल्याएको छ ।

यस्तै भौतिक पूर्वाधारतर्फ नरैनापुरमा निर्माण भइरहेको पालिकाको भवनलाई समयमै काम सक्नको लागि निर्माण कम्पनीलाई आग्रह गर्ने निर्माण कम्पनीलाई समयमा रकम भुक्तानी दिन पहल गर्ने निति बनाएको छ ।

यस्तै पशुपालन मार्फत पशुपंक्षीजन्य उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउनुको साथै यस्ता उत्पादनलाई निर्यात प्रवर्धन गर्न, स्वरोजगार वृद्धि गर्न र आर्थिक विकास गर्ने, रैथाने जातको पशुपंक्षी पालनको संरक्षण गर्दै नश्ल सुधारको कार्यक्रमलाई व्यवस्थित बनाउदै लैजाने र दुध बिकास संस्थान स्थापना गरी किसानलाई आत्मनिर्भर बनाउने नरैनापुर गाउँपालिकाले नीति कार्यक्रममा उल्लेख गरेको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिनु भयो । सभाको संचालन सहायक प्रशासकीय अधिकृत भरत महतोले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार