मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

कोहलपुर कला केन्द्रको भव्य उद्घाटन

महमूद आलम खान 1133+ समाचार ( )
कोहलपुर नगरपालिका कृषि बजार नजिकै कोहलपुर कला केन्द्र संचालनमा आएको छ ।
५ मंगशिर २०७८, आइतबार

कोहलपुर । कोहलपुर नगरपालिका कृषि बजार नजिकै कोहलपुर कला केन्द्र संचालनमा आएको छ । शनिवार भव्य समारोहका विच चलचित्र क्षेत्रका उदयमान डाइरेक्टर राजु गिरीले कोहलपुर कला केन्द्रको उद्घाटन गर्नुभएको हो । 

नेपाली कथानक चलचित्र पुरा भयो सपना मेरोको छायाङकन गर्न आएका डाइरेक्टर गिरीले कला क्षेत्रलाई माया गर्नुपर्छ, कला प्रदर्शनले नै भविश्य उज्वल हुने भएको हुनाले कलाकारिता प्रति अहिलेको क्रेज बढ्दै गएको उहाँले बताउनुभयो । आफ्नो कला प्रस्फुटन र उजागर गराउन नृत्य पहिलो प्रथामिकतामा पर्ने गरेको उहाँले जानकारी गराउनुभयो । 

हरेक कार्यक्रमलाई रोचक बनाउन नृत्यमा बढि जोड दिने गरेको हुनाले नृत्यले मान सम्मान पाउने र मनोरञ्जन प्रदान गर्ने गरेको उहाँले बताउनुभयो । लामो समय नृत्य क्षेत्रमा काम गर्दै आएका कला केन्द्रका नृत्य निर्देशक तथा प्रशिक्षक कुन्दन चन्दले प्रशिक्षण दिने कला केन्द्रमा हरेक प्रकारको डान्स खुलेरै सिक्न सकिने उहाँले जानकारी गराउनुभयो । सानो उमेरदेखि नै नृत्यमा रुची भएको कारण आफुसंग भएको कलालाई जनमानसमा प्रस्फुटन गराउन खोजेको कुरामा उहाँले जोड दिनुभयो । 

लामो समयको अनुभवलाई उजागर गर्न र नृत्य सिक्न चाहनेहरुको लागि विशेष जोड दिई हिपपप डान्स, साल्सा डान्स, ब्रेक डान्स, कल्चरल डान्स, एरोविक लगायतका नृत्यहरु प्रशिक्षण गराउनुका साथै स्टेज प्रोग्राम, म्युजिक भिडियो र टेलिफिल्ममा समेत अभिनयको अवसर प्रदान गरिने डान्स डाइरेक्टर चन्दले बताउनुभयो । 

कोहलपुर कला केन्द्र उद्घाटन कार्यक्रममा दुई दशक बढि चलचित्र क्षेत्रमा काम गर्नुभएका डाइरेक्टर तथा कथा लेखन राजु गिरी, कोहलपुर नगर कार्यपालिका सदस्य नारायणी ओली, कलाकार रिचर्ड कुमार रसाईली, चर्चित द्वन्द्व निर्देशक रमेश सिंह, कलाकार सन्जित ओली, नृत्य निर्देशक राजन बैश्य, डाइरेक्टर केशव चालिसे, मोडल इश्वर रिजाल, पत्रकार आशिष मल्ल ठकुरी, रितिका सापकोटा, रेजिना थापा लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन वरिष्ठ संचारकर्मी कमल विके निर्मोहीले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार