मुख्य समाचार
बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड | बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा | भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड |
मुख्य समाचार
बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड | बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा | भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड |


एमालेको खोल ओढेर शिक्षण पेशामा रहेका रेग्मी माथि कारवाही गर्न गाउँपालिका अध्यक्षको माग

महमूद आलम खान 1133+ समाचार ( )
अध्यक्ष चौधरीले आज एक विज्ञप्ती निकालेर गाउँपालिकालाई नै बदनाम गर्ने गरि गलत प्रचारवाजीको काम गर्ने संगठन तथा व्यक्तीका बारेमा स्पष्ट धारणा बुझी कडा कारवाही गर्न माग गर्नु भएको छ ।
२० जेठ २०७९, शुक्रबार

डुडुवा । डुडवा गाउँपालिका अन्र्तगत एक शिक्षकले गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीलाई बदनाम गर्न खोजिएको घटना गलत तथा भ्रामक प्रचारवाजी गरिएको पाइएको छ ।

मिति २०७९ जेठ १८ गते नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले श्री आधारभुत विद्यालय डुडुवा–१ चौफेरीका शिक्षक भुपेन्द्र रेग्मीलाई डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ज्यान मार्नेसम्मको दिएको अभिव्यक्ती भन्दै उल्लेख गरी प्रकाशित विज्ञप्तीप्रति अध्यक्ष चौधरीले गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । अध्यक्ष चौधरीले आज एक विज्ञप्ती निकालेर गाउँपालिकालाई नै बदनाम गर्ने गरि गलत प्रचारवाजीको काम गर्ने संगठन तथा व्यक्तीका बारेमा स्पष्ट धारणा बुझी कडा कारवाही गर्न माग गर्नु भएको छ । 

अध्यक्ष चौधरीले भन्नुभयो– “मलाई निज शिक्षक रेग्मीले आफै पटक पटक राजनितिक विषयलाई लिएर वादविवाद गर्न खोजेको तर मैले सो विषयमा कुनै वास्ता नगरि निज शिक्षक रेग्मी विद्यालयको समयमा प्रायः बाहिर रहेर राजनितिक गतिबिधीमा सक्रिय देखिएपछि मिति २०७९ जेठ १८ गतेका दिन विद्यालयको समयमा भएको भेटका क्रममा रेग्मीलाई तपाई विद्यालयको समयमा अन्यत्र स्थानमा जाने राजनिति गर्ने यो राम्रो कुरा होईन र विद्यालयको समयमा उपस्थित भई अध्यापनमा विशेष ध्यान दिने कुरा मात्र गरेको तर उक्त कुरालाई तोडमोड गरी मेरो अध्यक्ष पदको गरिमामाथी समेत खिल्ली उडाएर व्यक्तीगत चरित्र हत्या गर्ने किसिमको शब्द प्रयोग गरि प्रकाशित विज्ञप्तीप्रति घोर आपत्ती छ । ” विज्ञप्तीमा भनिएको छ । 

गाउँपालिका अन्र्तगत कार्यरत अरु शिक्षकहरुलाई मैले केही नभनी रेग्मीलाई मात्रै किन भन्ने र मसंग व्यक्तीगत केही कुरा गर्नुपर्ने भएमा जहिले पनि संवाद गर्न सकिने र गाउँपालिकाका सम्पुर्ण शिक्षकहरुलाई विशेष गरि विद्यालयको समयमा इमान्दारितापुर्वक आफनो पठन पाठनको कार्यमा जिम्मेवारी वहन गर्न अनुरोध गर्दै गाउँपालिकालाई नै बदनाम हुने गरि गरिने यस्ता क्रियाकलापले ठुलो आँच आउने ठहर गर्दै संगठनले गलत, अपुष्ट, तथा एकोहोरो रुपमा अरुलाई तिरस्कृत र मानहानी गर्ने किसिमको कुरा बाहिर आएको घटनालाई स्थानीय प्रशासनसंग आवश्यक छानविन गरि दोषीलाई कडा कारवाही गर्न माग गरिएको छ । 

शिक्षक रेग्मीसंग मेरो कुनै पनि वाद विवाद नरहेको स्पष्ट पार्दै अध्यक्ष चौधरीले आफनो काम कर्तव्य र जिम्मेवारीमा लाग्न आग्रह गर्दै गाउँपालिकाका सम्पुर्ण शिक्षकहरुलाई नियम कानूनभित्र रही आफनो कार्यसम्पादन गर्न विज्ञप्तीमार्फत निर्देशन दिनुभयो ।

शिक्षा रेग्मी शिक्षण पेशा भन्दा बढी एमालेको राजनीति गर्दै आएकोले उनी कार्यरत बिधालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई क,ख समेत चिन्न नसकेको एक जना स्थानीयले आरोप लगाए । उनले रेग्मी जस्तो शिक्षक राख्नु भन्दा स्कुल बन्द गर्न गाउँपालिका संग माग गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार