मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

“जनप्रिय प्रजिअ धर्मराज जोशीको सरुवा रोकिनुपर्छ” - बाँकेबासी

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
बाँकेका नागरिक समाजका अगुवाहरूले पनि गृहमन्त्री आर्याललाई आग्रह गर्दै भनेका छन् — “राजनीतिक दबाबमा होइन, जनताको विश्वासका आधारमा निर्णय गर्नुस्। बाँकेमा स्थायित्व, शान्ति र सुशासनका लागि धर्मराज जोशीको निरन्तरता अपरिहार्य छ।”
१ कार्तिक २०८२, शुक्रबार

बाँके । बाँके जिल्लामा सुशासन, शान्ति–सुरक्षा र कानुनी शासन स्थापना गर्न निडर र इमानदार नेतृत्व प्रदान गर्दै आएका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको सरुवा गर्न स्वार्थप्रेरित समूहहरूले चलाएको अभियानको विरोधमा बाँकेबासी उत्रिएका छन्।

जेनजी बाँके, नागरिक समाजका प्रतिनिधि, बुद्धिजीवी, व्यापारी, युवा तथा ४ सयभन्दा बढी सचेत नागरिकहरूले हस्ताक्षर गरि जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्री ओम प्रकाश आर्याललाई ज्ञापनपत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारी जोशीको सरुवा रोक्न माग गरेका हुन्।

ज्ञापनपत्रमा भनिएको छ, “प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भ्रष्टाचार नियन्त्रण, लागुऔषध नियन्त्रण, यौन व्यवसाय नियन्त्रण, जुवा नियन्त्रण र धार्मिक सद्भाव कायम गर्न उल्लेखनीय काम गर्नुभएको छ। यस्तो जनमुखी, इमानदार र निर्भीक प्रशासकको सरुवाको माग स्वार्थप्रेरित तत्वहरूको षड्यन्त्र हो।”

ज्ञापनपत्र बुझाउनेहरूले चेतावनी दिएका छन् कि “केही अमुक व्यक्तिको व्यक्तिगत स्वार्थका आधारमा यदि जोशीज्यूको सरुवा गरियो भने, बाँकेबासी सडकमा उत्रन बाध्य हुनेछन्।”

स्थानीयहरूका अनुसार, प्रमुख जिल्ला अधिकारी जोशीको आगमनपछि बाँकेमा प्रशासनिक सुधार, जनगुनासो समाधान, सीमाक्षेत्रमा बढ्दो तस्करी नियन्त्रण, र गैरकानुनी धन्दा विरुद्धका अभियानले तीव्रता पाएको छ।

जेनजी बाँकेका प्रतिनिधिहरूले भने, “जोशीज्यूले जनताको पक्षमा निर्भीक निर्णय लिनु भएको छ। उहाँजस्ता निडर र इमानदार अधिकारी नै सुशासनको मेरुदण्ड हुन्। यस्तो नेतृत्वलाई संरक्षण गर्नु सरकारको दायित्व हो।”

बाँकेका नागरिक समाजका अगुवाहरूले पनि गृहमन्त्री आर्याललाई आग्रह गर्दै भनेका छन् — “राजनीतिक दबाबमा होइन, जनताको विश्वासका आधारमा निर्णय गर्नुस्। बाँकेमा स्थायित्व, शान्ति र सुशासनका लागि धर्मराज जोशीको निरन्तरता अपरिहार्य छ।”

बाँकेमा जोशीको सरुवाको कुरा सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि नागरिक मञ्चसम्म एक स्वरमा उनको समर्थनमा आवाज उठ्न थालेको छ। नागरिकहरू भन्छन् — “जोशीज्यू जस्ता इमानदार प्रशासकको सरुवा होइन, सम्मान हुनुपर्छ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार