मुख्य समाचार
पत्रकार मल्ललाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश | डुडुवामा ‘नरेन्द्रकुमार चौधरी कप’ क्रिकेट प्रतियोगिता सुरु | गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल | एनआरएनए केन्याले पठायो राहत कोषमा छ हजार तेत्तीस डलर | विपद् प्रभावितको सहयोगका लागि बिहानी युवा क्लबद्वारा उद्धार कोषमा २५ हजार ५५५ | अमरेशको दाबी- बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ | बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम | कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात | राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट पारित | नरैनापुरबाटै आन्तरिक राजस्व सेवा सुरु |

अमरेशको दाबी- बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ

यूथ टुडे समाचारदाता 3570+ समाचार ( )
१३ अशोज २०८३, मङ्गलबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले बालेन सरकारले आफूसँगै सभापति रवि लामिछाने र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछाडि सुराकी लगाएको बताएका छन् ।

प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा डा. सिंहले प्रधानमन्त्री वालेन शाह सरकारले आफ्नो पछाडि सुराकी लगाइरहेको बताएका हुन् । ‘हिजो पनि जो बोल्थ्यो, त्यसको विरुद्धमा सुराकी लगाउँथ्यो। आज पनि जो बोलिराखेको छ, त्यसको विरुद्धमा सुराकी छ,’ उनले भने, ‘चाहे अमरेश सिंह छ, चाहे रवि लामिछाने छ, प्रचण्ड । जो बोल्छ, त्यसलाई सुराकी आइहाल्छ।’

उनले राजनीतिक दलका नेताको पछाडिभन्दा पनि अपराधिक गतिविधि नियन्त्रणका लागि सुराकी लगाउनुपर्ने बताए । ‘कुनै अपराधिक गतिविधिको विरुद्धमा हुनुपर्ने हो,’ उनले भने । सरकारले सुराकी लगाइरहेको बताएपछि प्रस्तोता ऋषि थपलियाले थप स्पष्ट पार्न खोजे । उनले प्रश्न गरे– तपाईको पछि सुराकी लगाइरहेको छ, सरकारले ?

त्यसको जवाफमा डा. सिंहले आफूले प्राप्त गरेको जानकारीका आधारमा सुराकी लगाएको बताए । ‘मैले जहाँसम्म जानकारी छ । मेरो मात्रै होइन, सभापतिलाई पनि छ । रवि लामिछानेलाई पनि छ,’ डा. सिंहले प्रश्न गरे, ‘तपाईले देशमा अपराध कन्ट्रोल गर्नलाई सुराकी प्रयोग गर्नुको सट्टा नेता नेताको घरको अगाडि सुराकी राख्यो भने पाउने के ?’

आफ्नो पछाडि सुराकी लगाएर केही नहुने उनको भनाइ थियो । ‘राजनीति गर्ने मान्छेले, म राजनीतिज्ञ हुँ। मैले नेता नभेट्ने त कलाई भेट्ने? आफ्नो सभापतिलाई भेट्छु, पार्टीको नेतालाई भेट्छु। अरु पार्टीको नेतालाई भेट्छु,’ सिंहले भने।

त्यसपछि प्रस्तोता थपलियाले रास्वपा सभापति लामिछाने र सांसद सिंह जुनसुकै बेला पक्राउ पर्नेसक्ने विषयमा प्रश्न गरेका थिए । त्यसको जवाफमा सांसद सिंहले त्यसका लागि तयार रहेको बताए ।

‘हामी तयार छौँ, हामी त्यसको लागि तयार छौँ। मलाई लाग्दैन, तर त्यस्तो ग¥यो भने हामी तयार छौँ। हामी जुनसुकै परिस्थिति तयार छौँ,’ डा.सिंहले भने, ‘हामी देशको संविधान, लोकतन्त्रको रक्षाका लागि छौँ, हामी कुनै पनि हुकुमी शासनको सागिर्द (मतियार) बन्दैनौँ। हामी त्यसको आई विटनेस बन्दैनौँ, साक्षी किनारामा बस्नका लागि जनताबाट निर्वाचित भएर आएका होइनौँ।’

आफ्नै पार्टीको सभापति र सांसदसँग सरकार किन डराएको भनेर प्रश्न गरिएको थियो। त्यसमा डा. सिंहले भने, ‘यसको जवाफ त सरकारको प्रवक्तालाई सोध्नुपर्ला। म सरकारको प्रवक्ता होइन, जनताको प्रवक्ता हुँ। मेरो पार्टीको सरकार छ, म चाहन्छु सरकार सफल होस। तर, आफ्नै कारणले सरकार असफल भयो भने म केही गर्न सक्दिँन नि!'

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार