मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नेपालगन्जमा ‘मोहम्मद डे’ मनाइयो

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

बाँके। बाँकेका मुस्लिम धर्मालम्वीले सोमबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाएका छन् । ‘मोहम्मद डे’ भनिने मोहम्मद पैगम्बरको जन्मदिनमा नेपालगन्जका विभिन्न स्थानबाट मुस्लिम समुदायले र्‍याली निकालेका थिए ।

लगायत नगरको विभिन्न भागको परिक्रममा गरेका थिए । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य डा. सिके राउत, पूर्व मन्त्री अब्दुल खान, दिपक शाह लगायतका शिर्ष नेताहरू र्‍यालीमा पुगेर मुस्लिम समुदायलाई शुभ कामना दिनु भएको थियो । र्‍यालीमा पुग्ने राउत सहितका नेताहरूलाई मुस्लिम अगुवा एवं नेकपा एमालेका केन्द्रीय सदस्य हारुन कादरी लगायतले स्वागत गरेका थिए ।

एक्लैनीमा रहेको जामा मस्जिद लगायतका स्थानमा रहेका मस्जिदहरुबाट ब्यानर सहित र्‍याली निकालिएको थियो । इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमबिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने गरिन्छ । 

उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मुस्लिम समुदायका अगुवाहरू बताउँछन् ।

जसलाई मुस्लिम समुदायले जलसा ईद मिलादुन नवी, तकरिर गर्ने भन्दछन् । एकदमै उत्साहपूर्वक मोहम्मदको सम्झना गरेर मनाइने पर्वमा गाउँमा भोजको आयोजना गरेर यतिम खानाका बालबालिकालाई समेत खुवाउने गरिन्छ ।

नेपाल सरकारले सोमबार सामुदायिक बिदा दिएको छ भने नरैनापुर, जानकी र नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार