मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

सडक दुर्घटनामा दुई जनाको मृत्यु

प्रमिला बिश्वकर्मा 17+ समाचार ( )
२९ पौष २०८१, सोमबार

बाँके । बाँकेको राप्तीसोनारी १ सौरी मोडस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कोहलपुरदेखि दाङतर्फ जाँदै गरेको डिजेल बोकेको ना ८ ख ३३३ नम्बरको ट्याङ्कर र दाङदेखि कोहलपुरतर्फ आउँदै गरेको भे ९ प ९५१७ नम्बर को मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । 

सो दुर्घटनामा परेर गम्भीर घाइते भएका कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ बस्ने वर्ष अन्दाजी ४८।४९ का घमनबहादुर शाही र कैलाली धनगढी उपमहानगरपालिका १४ बस्ने वर्ष अन्दाजी ३५।३६ का रुपेश बस्नेतलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पठाइएकोमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनाको जानकारी आउनेबित्तिकै इलाका प्रहरी कार्यालय कोहलपुरबाट सो कार्यालयका प्रमुख डिएसपी धर्मराज भण्डारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलमा पुगेर घटनाको विस्तृत जानकारी लिनुका साथै घाइतेलाई अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

दुर्घटनाको कारण दुबै सवारीसाधन तीव्र गतिमा रहेकोले नियन्त्रण गर्न नसकी एक आपसमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । मृतकहरुका आफन्तलाई घटना बारे जानकारी गराइएकाे र दुबैजनाको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार