मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

चुनावी माहोल तताउँदै बालेन आज नेपालगन्ज आउँदै

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
‘सुरक्षाका कारण सबै विवरण सार्वजनिक गरिएको छैन,’
१३ माघ २०८२, सोमबार

नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेन्द्र शाह (बालेन) पहिलो पटक नेपालगन्ज आउँदै हुनुहुन्छ। देशव्यापी चुनावी अभियानको क्रममा उहाँ सोमबार बिहान नेपालगन्ज आगमन गर्न लाग्नुभएको हो।

रास्वपाको पश्चिम क्षेत्र केन्द्रित चुनावी अभियानअन्तर्गत विभिन्न जिल्लामा सक्रिय रहेका बालेन नेपालगन्ज हुँदै सुदूरपश्चिम र कर्णाली प्रदेशको राजनीतिक यात्रामा निस्किन लाग्नुभएको पार्टीले जनाएको छ। रास्वपा क्षेत्रीय अध्यक्ष तथा बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विवेक कुमार श्रेष्ठका अनुसार बालेनको नेपालगन्ज आगमनलाई विशेष महत्वका साथ हेरिएको छ।

‘सुरक्षाका कारण सबै विवरण सार्वजनिक गरिएको छैन,’ श्रेष्ठले भन्नुभयो, ‘क्षेत्र नं. २ को निर्वाचन प्रचार–प्रसार सचिवालय उद्घाटन गरेर कारकाँदो चोकदेखि त्रिभुवन चोकसम्म जाने कार्यक्रम तय गरिएको छ।’ त्यस क्रममा प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरसम्मको यात्रालाई बालेनले प्राथमिकतामा राख्नुभएको बताइएको छ।

यसैबीच, वरिष्ठ नेता बालेनकै उपस्थितिमा तत्कालीन माओवादीका केही स्थानीय नेताहरू रास्वपामा प्रवेश गर्ने कार्यक्रम पनि तय भएको पार्टी स्रोतले जनाएको छ। यसले नेपालगन्जको राजनीतिक वातावरणलाई थप चासो र चर्चा तर्फ मोडेको छ।

काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिनुभएका बालेनले संघीय राजधानीसँगै प्रदेशस्तरमा आफ्नो अभियान तीव्र बनाउँदै आउनुभएको छ। मधेस र कोशी प्रदेशको साताव्यापी चुनावी दौडाहा सम्पन्न गरी शनिबार साँझ काठमाडौँ फर्किनुभएका उहाँ सोमबार नेपालगन्ज हुँदै सुदूरपश्चिम र कर्णालीको राजनीतिक यात्रामा निस्कन लाग्नुभएको हो।

रास्वपा सम्बद्ध स्रोतका अनुसार ‘जसरी पनि नेपालगन्ज पुगेर चुनावी माहोल बनाइदिन’ स्थानीय तहबाट आएको आग्रहपछि बालेनको सेड्युल मिलाइएको हो ।

तीन दिने यात्रामा धनगढी पुगेर सुदूरपश्चिम प्रदेशको चुनावी कमान्ड सम्हाल्ने, कैलालीको लम्कीचुहामा कार्यक्रम गर्ने, त्यसपछि पहाडी जिल्लाहरू हुँदै अछामको बाटो कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्ने कार्यक्रम तय भएको छ। सुर्खेतमा उम्मेदवार, समर्थक र कार्यकर्तासँग भेटघाट तथा चुनावी सभापछि बालेन पुनः काठमाडौँ फर्कनेछन्।

बालेन निकट स्रोतका अनुसार यो भ्रमणका क्रममा स्थानीय आवश्यकता र समर्थकहरूको मागअनुसार थप केही जिल्लामा कार्यक्रम थपिन सक्ने सम्भावना पनि रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार