मुख्य समाचार
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक |

हाप्किडो संघ बाँकेका खेलाडीहरुले गरे बागेश्वरी मन्दीरको सरसफाई

यूथ टुडे समाचारदाता 3533+ समाचार ( )
३ भाद्र २०८०, आइतबार

बाँके । लुम्बिनी प्रदेशको पर्यटकिय स्थलको रुपमा रहेको नेपालगंजको बागेश्वरी मन्दीरमा हाप्किडो संघ बाँकेका खेलाडीहरुले सरसफाइ गरेका छन् ।

मन्दीर आसपासमा थुप्रिएको फोहोर हटाइएको खेलाडीहरुले जानकारी दिए । खेलाडीहरुका अनुसार पानीका बोतल, अगरबतीका खोलहरु र फोहोर पनि हटाइएको छ । मन्दीर क्षेत्रभित्र रहेको फोहोर देखिएपछी खेलाडीको टोली स्वंयम सरसफाईमा जुटेको थियो ।

यस्तो अवस्थामा सुधार ल्याउन पहल आफैंले गर्नुपर्ने भन्दै मन्दीर सरसफाईमा आफुहरु सहभागी भएको हाप्किडो संघका प्रमुख प्रशिक्षक रवि सुनार जानकारी दिए ।

उनले नेपालगंजको गरिमा र पहिचानसँग जोडिएको पबित्र स्थल बागेश्वरी मन्दीरमा विभिन्न क्षेत्रबाट पर्यटन आउने भएकाले फोहोर ब्यवस्थापन गर्न सरसफाइ गरिएको पनि बताए ।

सरसफाइ अभियानमा सहभागी भएका अर्का प्रशिक्षक शान्ती पौडेले सभ्यताको पहिलो सूचक सरसफाइ भएकाले समाजप्रति व्यक्तिको उत्तरदायित्वबोधका लागी सरसफाइ गर्नमा आफैबाट सुरुवात गर्नु पर्नेमा जोड दिए ।

उनले एक दिन सरसफाइ गरेर पुरै टोल नगर सरसफाइ नहुने बताउदै सबैले आ–आफ्नो ठाँउबाट सरसफाइ गर्न पनि आग्रह गरे ।

प्रमुख प्रशिक्षक सुनारले प्रत्येक साताको एक संघका तर्फ नेपालगंज बजारको चोकदेखी पनि सरसफाइ गरिने जानकारी दिए । सरसफाइ अभियानमा दुई दर्जन खेलाडीहरुको सहभागीता थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार