बाँके । लुम्बिनी प्रदेशको पर्यटकिय स्थलको रुपमा रहेको नेपालगंजको बागेश्वरी मन्दीरमा हाप्किडो संघ बाँकेका खेलाडीहरुले सरसफाइ गरेका छन् ।

मन्दीर आसपासमा थुप्रिएको फोहोर हटाइएको खेलाडीहरुले जानकारी दिए । खेलाडीहरुका अनुसार पानीका बोतल, अगरबतीका खोलहरु र फोहोर पनि हटाइएको छ । मन्दीर क्षेत्रभित्र रहेको फोहोर देखिएपछी खेलाडीको टोली स्वंयम सरसफाईमा जुटेको थियो ।
यस्तो अवस्थामा सुधार ल्याउन पहल आफैंले गर्नुपर्ने भन्दै मन्दीर सरसफाईमा आफुहरु सहभागी भएको हाप्किडो संघका प्रमुख प्रशिक्षक रवि सुनार जानकारी दिए ।

उनले नेपालगंजको गरिमा र पहिचानसँग जोडिएको पबित्र स्थल बागेश्वरी मन्दीरमा विभिन्न क्षेत्रबाट पर्यटन आउने भएकाले फोहोर ब्यवस्थापन गर्न सरसफाइ गरिएको पनि बताए ।
सरसफाइ अभियानमा सहभागी भएका अर्का प्रशिक्षक शान्ती पौडेले सभ्यताको पहिलो सूचक सरसफाइ भएकाले समाजप्रति व्यक्तिको उत्तरदायित्वबोधका लागी सरसफाइ गर्नमा आफैबाट सुरुवात गर्नु पर्नेमा जोड दिए ।
उनले एक दिन सरसफाइ गरेर पुरै टोल नगर सरसफाइ नहुने बताउदै सबैले आ–आफ्नो ठाँउबाट सरसफाइ गर्न पनि आग्रह गरे ।
प्रमुख प्रशिक्षक सुनारले प्रत्येक साताको एक संघका तर्फ नेपालगंज बजारको चोकदेखी पनि सरसफाइ गरिने जानकारी दिए । सरसफाइ अभियानमा दुई दर्जन खेलाडीहरुको सहभागीता थियो।