मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

पालिकाकाे सहयोगमा बिधार्थीलाई पाेशाक वितरण

महमूद आलम खान 1133+ समाचार ( )
रुकुम पश्चिमका पालिकाहरुले बालविकास कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई पाेशाक बितरण गरेका छन् ।
११ मंगशिर २०७८, शनिबार

गाेपालसिं खड्का 

रुकुम । रुकुम पश्चिमका पालिकाहरुले बालविकास कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई पाेशाक बितरण गरेका छन् । 

काेभिड संक्रमणकाे कमि हुन थालेपछि विद्यालय खाेलेका पालिकाहरुले विद्यालयमा अाउने बालबालिकालाई अा अाफ्नाे पालिकाकाे अार्थिक तथा प्राविधिक सहयाेगमा पाेशाक वितरण गरेका छन् । 

चाैरजहारी नगरपालिका भित्रका स साना बालबालिकाहरुलाई सेताे कमिज निलाे पाइन्ट कालाे स्वीटर दिइएकाे नगरप्रमुख विशाल शर्माकाे भनाइ छ ।उहाँका अनुसार विद्यालयकाे भाैतिक संरचना नयाँ माेडेलकाे छ ,बस्न डेस्क बेञ्च तथा अफिसका लागि कुर्सी दराज टेबुल दिइएको र विद्यार्थीहरुका लागि पाेशाक किताब कापी लगाएतका सामग्री समेत नगरपालिकाले दिइरहेकाे जानकारी समेत दिनुभएको छ ।

सानीभेरी गाउँपालिकाले न्यानाे ट्रयाक सुट बालबिकास देखि कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई पालिकाकाे अार्थिक सहयाेगमा गत बर्ष यस बर्ष पनि दिइएको पालिका अध्यक्ष नरबहादुर पुनले जानकारी दिनुभएको छ ।

पाेशाक वितरण कार्यक्रम अन्तरगत सानीभेरी गाउँपालिका वडा नं.१० काे सरस्वती माध्यमिक विद्यालय पनि पाेशाक वितरण गरेकाे छ। गाउँपालिकाकाे ९९हजार रुपैयाँमा १६५ जना बालबालिकाहरुलाई पाेशाक दिइएकाे प्रधानाध्यापक यामबहादुर खड्काकाे भनाइ छ।उहाँका अनुसार अाधा तहका बालबालिकाहरु पालिकाकाे पाेशाक लगाएका अाधा तहका बालबालिकाहरुले विद्यालय तहकाे पाेशाक लगाएकाेले असुहाउँदाे देखिएकाे छ । 

पालिकाकाे स्वयंसेवक शिक्षक भने असन्तुष्टि 

रुकुम पश्चिमका पालिकाहरुले अाफ्नाे अावश्यकता अनुसार करार स्वयंसेवक शिक्षक राखेका छन् । प्रत्येक विद्यालयमा स्थायी अस्थायी गापा नपा अनुदानमा करार शिक्षक छन्।संघीय अनुदानमा तलब भत्ता खाने शिक्षकहरुलाई सरकारले पाेशाक दिएकाे छ भने नपा गापा ले राखेका स्वयंसेवक करार शिक्षकलाई भने पाेशाक उपलब्ध नगराएकाे भन्दै असन्तुष्टि भएको सरस्वती मावि चिन्तुका माध्यमिक तहका शिक्षक टिकाराम खड्काकाे गुनासाे छ।

आ-आफ्नाे तहका सरकारले आ-आफ्ना कर्मचारीलाई पाेशाक उपलब्ध गराई साैतेनी व्यवहारकाे अन्त्य गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार