मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

पालिकाकाे सहयोगमा बिधार्थीलाई पाेशाक वितरण

महमूद आलम खान 1131+ समाचार ( )
रुकुम पश्चिमका पालिकाहरुले बालविकास कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई पाेशाक बितरण गरेका छन् ।
११ मंगशिर २०७८, शनिबार

गाेपालसिं खड्का 

रुकुम । रुकुम पश्चिमका पालिकाहरुले बालविकास कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई पाेशाक बितरण गरेका छन् । 

काेभिड संक्रमणकाे कमि हुन थालेपछि विद्यालय खाेलेका पालिकाहरुले विद्यालयमा अाउने बालबालिकालाई अा अाफ्नाे पालिकाकाे अार्थिक तथा प्राविधिक सहयाेगमा पाेशाक वितरण गरेका छन् । 

चाैरजहारी नगरपालिका भित्रका स साना बालबालिकाहरुलाई सेताे कमिज निलाे पाइन्ट कालाे स्वीटर दिइएकाे नगरप्रमुख विशाल शर्माकाे भनाइ छ ।उहाँका अनुसार विद्यालयकाे भाैतिक संरचना नयाँ माेडेलकाे छ ,बस्न डेस्क बेञ्च तथा अफिसका लागि कुर्सी दराज टेबुल दिइएको र विद्यार्थीहरुका लागि पाेशाक किताब कापी लगाएतका सामग्री समेत नगरपालिकाले दिइरहेकाे जानकारी समेत दिनुभएको छ ।

सानीभेरी गाउँपालिकाले न्यानाे ट्रयाक सुट बालबिकास देखि कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई पालिकाकाे अार्थिक सहयाेगमा गत बर्ष यस बर्ष पनि दिइएको पालिका अध्यक्ष नरबहादुर पुनले जानकारी दिनुभएको छ ।

पाेशाक वितरण कार्यक्रम अन्तरगत सानीभेरी गाउँपालिका वडा नं.१० काे सरस्वती माध्यमिक विद्यालय पनि पाेशाक वितरण गरेकाे छ। गाउँपालिकाकाे ९९हजार रुपैयाँमा १६५ जना बालबालिकाहरुलाई पाेशाक दिइएकाे प्रधानाध्यापक यामबहादुर खड्काकाे भनाइ छ।उहाँका अनुसार अाधा तहका बालबालिकाहरु पालिकाकाे पाेशाक लगाएका अाधा तहका बालबालिकाहरुले विद्यालय तहकाे पाेशाक लगाएकाेले असुहाउँदाे देखिएकाे छ । 

पालिकाकाे स्वयंसेवक शिक्षक भने असन्तुष्टि 

रुकुम पश्चिमका पालिकाहरुले अाफ्नाे अावश्यकता अनुसार करार स्वयंसेवक शिक्षक राखेका छन् । प्रत्येक विद्यालयमा स्थायी अस्थायी गापा नपा अनुदानमा करार शिक्षक छन्।संघीय अनुदानमा तलब भत्ता खाने शिक्षकहरुलाई सरकारले पाेशाक दिएकाे छ भने नपा गापा ले राखेका स्वयंसेवक करार शिक्षकलाई भने पाेशाक उपलब्ध नगराएकाे भन्दै असन्तुष्टि भएको सरस्वती मावि चिन्तुका माध्यमिक तहका शिक्षक टिकाराम खड्काकाे गुनासाे छ।

आ-आफ्नाे तहका सरकारले आ-आफ्ना कर्मचारीलाई पाेशाक उपलब्ध गराई साैतेनी व्यवहारकाे अन्त्य गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार